गान्तोक (सिक्किम), कार्तिक २६ - थ्री-स्टार क्लब आइतबार ३३ औं अलइन्डिया गभर्नर्स गोल्डकप दोस्रोपल्ट कब्जा गर्ने धुनमा रहेको छ । सहिद स्मारक लिगअघि तयारीका लागि सिक्किममा रहेको उसले पाल्जोर रंगशालामा वीएफसी जालन्धरको सामना गर्दैछ । नेपाली क्लबको प्रतिनिधित्व गर्दै आएको थ्री-स्टार सन् २००८ मा च्याम्पियन बनेको थियो । तेस्रोपटक भारतको प्रतिष्ठित प्रतियोगिताको उपाधिका लागि भिड्न लागेको उसका खेलाडीको मनोबल उच्च रहेको छ । नियमित स्ट्राइकर सन्तोष साहुखल फाइनलमा खेल्ने छैनन् । उनी सेमिफाइनलमा रातो खाँदै बाहिरिएका थिए । त्यसले गर्दा थ्री-स्टारलाई अग्रपंक्तिमा केही समस्या परेको छ । प्रशिक्षक प्रदीप हुमागाइर्ं सन्तोषको अनुपस्थितिमा त्यसैअनुरूप रणनीति तयार पार्ने र त्यो सफल हुनेमा विश्वस्त छन् ।
साथमा विपक्षी टिम वीएफसीले लगातार खेल्नुपरेको फाइदा पनि थ्री-स्टारले उठाउन सक्छ । वीएफसीले शनिबार सेमिफाइनलमा मोहन बगान सेल फुटबल एकेडेमीलाई १-० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।
'कडा मिहिनेत गरेमा नतिजा हात पर्छ भन्नेमा विश्वस्त थियौं । यसै अनुरूप नतिजा निस्कनेमा ढुक्क छु,' पहिलोपल्ट 'ए' डिभिजन क्लब सम्हालेका प्रदीपले भने, 'हाम्रो डिफेन्स बलियो छ । फाइनलमा हामी कडा चुनौती प्रस्तुत गर्नेछौं ।' उनी टिम सम्हालेको छोटो अवधिमा नै क्लबलाई फाइनल पुर्याउन सफल भए । प्रदीपले सन्तोषको जिम्मेवारी विजय गुरुङलाई सुम्पनेछन् । फरवार्डमा विजयलाई अनिल ओझा र विष्णु गुरुङले साइडबाट साथ दिनेछन् । प्रतियोगितामा राम्रो खेलिरहेका अनिलले सेमिफाइनलमा दुई गोल गरेका थिए । महिला टिमले खेल्दै सिक्किमको महिला टिमसँग मैत्रीपूर्ण फुटबल खेल्न शुक्रबार गान्तोक आइपुगेको एपीएफ टिमले गभर्नस गोल्डकपको फाइनलअघि आइतबार सिक्किम टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।