केयूको उपकुलपतिमा चलखेल सुरु

काभ्रे, कार्तिक २६ - स्थापनाको एक्काईस बर्षपछि काठमाडौ विश्वविद्यालयका उपकुलपति डा. सुरेशराज शर्माले पदबाट राजिनामा दिएपछि उपकुलपति पदका लागि लबिङ सुरु भएको छ । उपकुलपति बन्नका लागि धुलिखेल अस्पतालका निर्देशक रामकण्ठ माकाजु श्रेष्ठ, विश्वविद्यालयकै शिक्षा संकायका डिन टंकनाथ शर्मा, पूर्व रजिष्टार सीताराम अधिकारी, व्यवस्थापन संकायका डिन सुवास के सी, शिक्षा संकायका पूर्व डिन डा. मनप्रसाद वाग्ले र इन्जिनियरिङ डिन भोला थापाले उपकुलपतिको दावी गर्दै लविङ तिव्र वनाएका छन् ।
एकीकृत माओवादीले मकाजु र थापालाई विकल्पको रुपमा अघि सारेकोे स्रोतले बताएको छ । यता, विश्वविद्यालयका पदाधिकारी र प्राध्यापकले भने सोही विश्वविद्यालयका पूर्व रजिष्ट्रार सीताराम अधिकारीको पक्षमा लबिङ थालेका छन् । माओवादीले सिफारिस गरेको २ वटा मेडिकल कलेजलाई सम्बन्धन दिन नमानेपछि कुलपति समेत रहेको बावुराम भट्टराईले उपकुलपति शर्माको राजिनामा मागेका स्रोतले बताएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......