काठमाडौं, कार्तिक २२ - एमाले केन्द्रीय सदस्य डिल्लीबहादुर महतको निधन भएको छ ।
मस्तिष्क पक्षघातबाट पीडित महतको ठमेलस्थित मनमोहन अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ११ : २० मा निधन भएको हो । मस्तिष्क पक्षघात भई जुम्ला सदरमुकाम खलंगाबाट कात्तिक २० गते काठमाडौं ल्याइएका उनलाई साँझदेखि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।
महतको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । श्रीमती गङ्गा महतले दागबत्ती दिइन् । महतका श्रीमती गङ्गा र छोरी छन् ।
अन्तिम संस्कारअघि महतको शव एमाले पार्टी मुख्यालय बल्खुमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । अध्यक्ष झलनाथ खनालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।
५३ बर्षीय महत २०३०/३१ सालदेखि नै विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट आन्दोलनमा संलग्न थिए । नेपाल मजदुर किसान पार्टीबाट राजनीति थालेका उनी २०४८ सालमा प्रतिनिधिसभामा सदस्य निर्वाचित भएका थिए । उनी २०५१ सालमा एमाले प्रवेश गरेका हुन् । एमालेमा प्रवेश गरेपछि महत कर्णाली अञ्चल समन्वय कमिटीको सचिव, सातौं महाधिवेशनपछि बैकल्पिक केन्द्रीय सदस्य र आठौं महाधिवेशनपछि केन्द्रीय कमिटीको सदस्य भएका थिए ।
महत माधवकुमार नेपाल नेतृत्वको सरकारमा शान्ति तथा पुनःनिर्माण राज्यमन्त्री थिए ।
महतको निधनप्रति एमालेले शोक व्यक्त गरेको छ । उसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने तथा औपचारिक पार्टी काम नगरी श्रद्धाञ्जलि प्रकट गर्ने निर्णय गरेको छ ।
एमाले अध्यक्ष झलनाथ खनालले बुधबार नै विज्ञप्ती जारी गरी महतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । 'सरल, शिष्ट र सौम्य स्वभावका धनी कमरेड महत जस्तोसुकै अप्ठ्यारोमा पनि निरन्तर निष्ठाका साथ पार्टी, आन्दोलन र राष्ट्रसेवामा सक्रिय एक अनुकरणीय व्यक्तित्व हुनुहुन्थ्यो,' खनालको विज्ञप्तीमा लेखिएको छ, 'उहाँको निधनले मुलुकको सिङ्गो कम्युनिष्ट आन्दोलन र हाम्रो पार्टीका साथै कर्णाली अञ्चलको जागरण र प्रगतिको आन्दोलनमा समेत अपुरणीय क्षति हुन पुगेको छ ।'