'उच्च चिनियाँ विशेषतासहितको समाजवाद'

हङकङ, कार्तिक २९ - चीनका सम्भावित भावी राष्ट्रपति सी जिनपिङले उच्च चिनियाँ विशेषतासहितको लोकतान्त्रिक समाजवाद निर्माण गर्नुपर्ने बताएका छन् । बेइजिङमा जारी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को १८औं राष्ट्रिय कंग्रेसमा सहभागीसँगको छलफलमा उनले यस्तो भनाइ राखेका हुन् । चालू कंग्रेसको मुख्य ध्यान वर्तमान विश्वपरिस्थिति, राष्ट्र र पार्टी केन्दि्रत भएको उल्लेख गर्दै उनले जनताको चाहनाअनुरूपै मुलुकको भावी विकासलाई अगाडि बढाइने बताएका छन् । 'पार्टी चिनियाँ विशेषतासहितको समाजवादी बाटोमा अडिग रहनेछ,' सीको भनाइ उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्हवाले लेखेको छ, 'यसैका लागि दृढ संकल्पका साथ एकजुट भएर अघि बढ्नुपर्नेछ ।'
राष्ट्रपति हु जिन्ताओद्वारा लोकतन्त्रको ढोका खुला राख्ने दृढ चाहना व्यक्त भइसकेको स्मरण गराउँदै सीले उनको भनाइ अत्यन्तै स्पष्ट, गहिरो, व्यावहारिक तथा ताजा परिस्थिीतमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गरी चीनलाई नयाँ जित दिलाउने बाटोमा रहेको बताएका छन् । प्रत्येक पाँच वर्षमा आयोजना हुने राष्ट्रिय कंग्रेसमा यसपटक सीलाई महासचिव तोकिएको छ । १८औं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति हु जिन्ताओले चीनले राजनीतिक संरचनाको सुधारमा अत्यन्तै सक्रिय एवं विवेकपूर्ण ढंगले प्रयास जारी राख्नुपर्ने बताएका थिए । प्रधानमन्त्री वेन जियाबाओले महाधिवेशनकै दौरान चीनद्वारा हासिल आर्थिक समृद्धिको दीर्घकालीन रक्षाका लागि लोकतान्त्रिक सुधार आवश्यक रहेको बताएका छन् । राजनीतिक सुधार, भ्रष्टाचार र जनताको आयमा वृद्धिलाई वेनले वर्तमान समयमा मुलुकको अत्यन्तै जटिल मुद्दा रहेको जनाउँदै आगामी नेतृत्वले अब पाँच वर्षभित्र र पछि पनि यी तीन मुद्दालाई महत्त्वका साथ समाधान गर्नुपर्ने कुरामा जोड दिएका छन् । राष्ट्रपति हु र प्रधानमन्त्री वेनकै धारणा पछ्याएका यिनले भावी दिनमा राजनीतिक सुधारको स्पष्ट संकेत गरेका छन् ।
१८औं राष्ट्रिय कंग्रेस बुधबार सकिँदैछ । सीपीसीले आगामी दस वर्ष चीनको नेतृत्व गर्ने शीर्ष नेताहरू बिहीबार सार्वजनिक गर्ने जनाएको छ । बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा बिहान एघार बजे आयोजना हुने पत्रकार सम्मेलनमा शक्तिशाली पोलिटब्युरो स्थायी कमिटीका सदस्यहरू उपस्थित हुने चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । सोही सदस्यहरूमध्येबाट राष्ट्रपति र उपप्रधानमन्त्री छानिनेछन् । उसैदिन विश्वकै ठूलो राजनीतिक दल सीपीसीको महासचिवका रूपमा सीले पार्टी नेतृत्व लिएको आधिकारिक घोषणा हुने ठानिएको छ । आगामी मार्चमा आयोजना हुने राष्ट्रिय पिपुल्स कंग्रेसमा हु जिन्ताओले राष्ट्रपतिको पदभार सीलाई हस्तान्तरण गर्नेछन् । सन् २००८ मार्चमा आयोजित ११औं नेसनल पिपुल्स कंग्रेसले सीलाई उपराष्ट्रपतिको जिम्मेवारी दिएको थियो । २०१० अक्टोबरमा केन्द्रीय सैन्य आयोगको समेत उपाध्यक्ष बनाइएपछि यिनलाई भावी राष्ट्रपतिको पक्का उम्मेदवार ठानिएको हो । पोलिटब्युरोमा ल्याइनुअघि सी सांघाईका पार्टी सचिव थिए । १९औं शताब्दीदेखि नै चिनियाँ राजनीतिको र्ऊवरभूमि मानिएको यहींबाटै सी केन्द्रीय सत्ता निकट पुगेका हुन् । यिनको कार्यकालमा पूर्वी तटीय क्ष्ाेत्रका प्रान्तहरूले राम्रो आर्थिक वृद्धि दर हासिल गरेको थियो । भ्रष्टाचार नियन्त्रणमा यिनले उदाहरणीय कार्य गरेको बताइन्छ । वर्तमान उपप्रधानमन्त्री ली खछ्याङले प्रधानमन्त्री वेन जियाबाओलाई प्रतिस्थापन गर्नेछन् । 'पार्टी चिनियाँ विशेषतासहितको समाजवादी बाटोमा अडिग रहनेछ,' सीको भनाइ उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्हवाले लेखेको छ, 'यसैका लागि दृढ संकल्पका साथ एकजुट भएर अघि बढ्नुपर्नेछ ।' राष्ट्रपति हु जिन्ताओद्वारा लोकतन्त्रको ढोका खुला राख्ने दृढ चाहना व्यक्त भइसकेको स्मरण गराउँदै सीले उनको भनाइ अत्यन्तै स्पष्ट, गहिरो, व्यावहारिक तथा ताजा परिस्थितिमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गरी चीनलाई नयाँ जित दिलाउने बाटोमा रहेको बताएका छन् । प्रत्येक पाँच वर्षमा आयोजना हुने राष्ट्रिय कंग्रेसमा यसपटक सीलाई महासचिव तोकिएको छ ।
१८औं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति हु जिन्ताओले चीनले राजनीतिक संरचनाको सुधारमा अत्यन्तै सक्रिय एवं विवेकपूर्ण ढंगले प्रयास जारी राख्नुपर्ने बताएका थिए । प्रधानमन्त्री वेन जियाबाओले महाधिवेशनकै दौरान चीनद्वारा हासिल आर्थिक समृद्धिको दीर्घकालीन रक्षाका लागि लोकतान्त्रिक सुधार आवश्यक रहेको बताएका छन् । राजनीतिक सुधार, भ्रष्टाचार र जनताको आयमा वृद्धिलाई वेनले वर्तमान समयमा मुलुकको अत्यन्तै जटिल मुद्दा रहेको जनाउँदै आगामी नेतृत्वले अब पाँच वर्षभित्र र पछि पनि यी तीन मुद्दालाई महत्त्वका साथ समाधान गर्नुपर्ने कुरामा जोड दिएका छन् । राष्ट्रपति हु र प्रधानमन्त्री वेनकै धारणा पछ्याएका यिनले भावी दिनमा राजनीतिक सुधारको स्पष्ट संकेत गरेका छन् ।
सीपीसीले आगामी दस वर्ष चीनको नेतृत्व गर्ने ठानिएको शीर्ष नेताहरू बिहीबार सार्वजनिक गर्ने जनाएको छ । बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा बिहान एघार बजे आयोजना हुने पत्रकार सम्मेलनमा शक्तिशाली पोलिटब्युरो स्थायी कमिटीका सदस्यहरू उपस्थित हुने चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । सोही सदस्यहरूमध्येबाट राष्ट्रपति र उपउप्रधानमन्त्री छानिने छन् । उसैदिन विश्वकै ठूलो राजनीतिक दल सीपीसीको महासचिवका रूपमा सीले पार्टी नेतृत्व लिएको आधिकारिक घोषणा हुनेछ । आगामी मार्चमा आयोजना हुने राष्ट्रिय पिपुल्स कंग्रेसमा हु जिन्ताओले राष्ट्रपतिको पदभार सीलाई हस्तान्तरण गर्नेछन् । सन् २००८ मार्चमा आयोजित ११औं नेसनल पिपुल्स कंग्रेसले सीलाई उपराष्ट्रपतिको जिम्मेवारी दिएको थियो । २०१० अक्टुबरमा केन्द्रीय सैन्य आयोगको समेत उपाध्यक्ष बनाइएपछि यिनलाई भावी राष्ट्रपतिको पक्का उम्मेदवार ठानिएको हो । पोलिटब्युरोमा ल्याइनुअघि सी सांघाईका पार्टी सचिव थिए । १९औं शताब्दीदेखि नै चिनियाँ राजनीतिको र्ऊवरभूमि मानिएको यहीबाटै सी केन्द्रीय सत्ता निकट पुगेका हुन् । यिनको कार्यकालमा पूर्वी तटीय क्ष्ाेत्रका प्रान्तहरूले राम्रो आर्थिक वृद्धिदर हासिल गरेको थियो । भ्रष्टाचार नियन्त्रणमा यिनले उदाहरणीय कार्य गरेको बताइन्छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......