हुन त भावना कुनै भाषामा सिमित हुँदैन तर,
भाषा सम्वन्धको दुरीको कारक बनिरहेको छ भने तपाईका लागि खुसीको खबर छ ।
हालै सार्बजनिक भएको एप्स भाषाको अनेकताका कारण बढेको दुरी कम गर्न
महत्वपूर्ण बन्न सक्छ ।
जापानको
सबैभन्दा ठूलो मोबाइल नेटबर्क ‘एनटीटी डोकोमो’ले सुरु गरेको नयाँ एप्सको
माध्यमबाट हाल अंग्रेजी, मैडेरिन (चाइनिज) र कोरियाली भाषाको अनुवाद हुन्छ ।
बीबीसीका अनुसार छिट्टै अन्य भाषामा पनि
यो सेवा उपलब्ध हुने छ । ‘टेलिफोन ट्रान्सलेसन’ को यो प्रविधि पछिल्लो
दिनमा लन्च भएको नयाँ प्रविधिको हिस्सा हो ।
यसले टेलिफोन कुराकानीका क्रममा बोलिने
आबाजलाई सुनेर त्यसको अनुवाद गर्नेछ । जानकारहरुका अनुसार क्वाउड
कम्प्यूटिङको प्रविधिमा आधारित यस एप्सका प्रयोग कुनै पनि एन्ड्रोएड
फोनमा गर्न सकिन्छ ।
प्रविधिका जानकार र यसका प्रयोगकर्ताहरु भने अनुवाद सटिक नभएका कारण हरेक स्थानमा प्रयोग गर्न नसकिने बताउँछन् ।

