नेकपा-माओवादीको केन्द्रीय समिति बैठकमा बैद्यले जवाफ दिने


१८ कात्तिक, काठमाण्डौं । पार्टीको महाधिबेसनको तयारी लगायतका विषयमा छलफल जारी रहेको नेकपा-माओवादीको केन्द्रीय समितिको बैठक आज पनि जारी रहेको छ ।
आज एक बजेपछि पार्टी केन्द्रीय कार्यालय कुपण्डोलमा हुने बैठकमा अध्यक्ष मोहन वैद्यले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले राखेको सुझावका आधारमा अध्यक्ष बैद्यले जवाफ दिने कार्यक्रम रहेको छ । बैद्यले प्रस्तुत गरेको प्रतिवेदनमा नयाँ जनवादी क्रान्तिको कार्यक्रमसम्बन्धी राजनीतिक प्रस्ताव समावेश गरिएको थियो । प्रतिवेदनमाथि टिप्पणी गर्दै केन्द्रीय सदस्यहरूले अहिलेको परिस्थितिमा राष्ट्रियताको आन्दोलनलाई केन्द्रविन्दुमा राखेर पार्टी अगाडि बढ्नुपर्ने, पार्टीलाई सुदृढीकरण र सशक्त बनाउँदै लैजानुपर्ने र गोलमेचसभाको लागि पार्टीले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।

अध्यक्षले जवाफ दिनु भएपछि बैठक आजै सकिने र अध्यक्षको प्रतिवेदन अध्ययनका लागि जिल्लास्तरमा पठाइने नेकपा माओवादीले जनाएको छ । नेकपा माओवादीले पुस २५ गतेदेखि महाधिवेशन गर्ने मिति तय गरिसकेको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......