वीरगन्ज, कार्तिक २१ - पार्टी भित्र विवादका बिच मधेशी जनअधिकार फोरम गणतान्त्रिकको पहिलो महाधिवेशन बीरगंजमा सुरु भएको छ । वीरगञ्जको घण्टाघरस्थित वीपी उद्यानमा महाधिवेशन हुँदैछ ।
महाधिवेशनको उद्घाटन पार्टीका कार्यवाहक अध्यक्ष एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले गर्दैछन् । उदघाट्न सत्रमा अन्य पार्टीका नेताहरु पनि अतिथीका रुपमा आमन्त्रित छन् । मुलुक बाहिरबाट पनि कतिपय राजनीतिक पार्टीका प्रतिनिधिहरु सहभागी हुने नेता राजलाल यादवले जानकारी दिए ।
महाधिवेशनमा तराईमधेशका २० वटा जिल्ला र काठमाडौं उपत्यकाका तीन वटै जिल्लाबाट गरी १२ सय जना प्रतिनिधि सहभागी हुने महाधिवेशन आयोजक समितिका संयोजक तथा केन्द्रीय सदस्य शशीकपुर मियााले बताए ।
तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ अध्यक्ष चयनका साथै केही कार्यसमिति समेत निर्वाचित गर्नेछ ।
पार्टी अध्यक्ष जयप्रकाश गुप्ता जेल गएपछि पार्टीमा नन्दनकुमार दत्त र सञ्चारमन्त्री यादव समूहबीच आधिकारिकताको विवाद चल्दै आएको छ । दत्त समूहले केन्द्रीय समितिमा निर्णय नगाराई महाधिवेशनको नाटक गरिएको आरोप लगाएका छन् । पार्टीको आधिकारिकता सम्बन्धी विवाद निर्वाच्ान आयोगमा विचाराधिन रहेको बेला महाधिवेशन गर्न लागिएको हो ।