कपिलदेव खनाल
नुवाकोट, १९ कार्तिक । चीन प्रवेशको लागि
नेपालको दोश्रो ठूलो नाका रसुवागढीमा नेपालीलाई प्रवेशमा रोक लगाएको छ ।
आइतबारदेखि चीनले त्यस नाकाबाट नेपालीको प्रवेशमा रोक लगाएको हो ।
चीनको केरुङमा भइरहेको विशेष सम्मेलन र
चिनियाँ कंग्रेसको चुनावलाई मध्यनजर गरि चीनले नेपालसँगको रसुवागढी नाका
केहीदिनका लागि बन्द गरेको हो । जिल्ला प्रशासन कार्यालय रसुवामार्फत चीन
प्रवेशको अनुमतिपत्र भएका व्यक्तिहरुबाहेक अन्यलाई चीन प्रवेशमा पूर्ण
रुपमा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालले जानकारी
दिनुभयो । रसुवामा अध्यागमन कार्यालय नभएका कारण जिल्ला प्रशासन कार्यालयले
चीन सिफारिससहितको प्रवेश अनुमति पत्र दिँदै आएको थियो ।
एक हप्ताका लागि नेपाली नागरिकको प्रवेशमा
बन्द गरिएको जानकारी केरुङको सुरक्षा निकायले जानकारी रिमालले वताउनुभयो ।
चिनियाँ कांग्रेसको १८ औ राष्ट्रिय महाधिवेशन नोभेम्बर ८ मा सुरु हुँदैछ ।
