जाडोमा बढि हेरिन्छ अश्लील फिल्म

अमेरिकामा गरिएको एक अध्ययनअनुसार मानिसहरूले तुलनात्मक रूपमा जाडो याममा बढी अश्लील सामग्री हेर्ने गरेका छन्। पेन्सिल्भे नियाको भिलानोभा विश्वविद्यालयका शोधकर्ताहरूले पछिल्लो पाँच वर्ष अनलाइनमा खोजिएका सामग्रीहरूमा गरेको अध्ययनपछि जाडो मौसम तथा गर्मी यामको सुरुवाती समयमा अनलाइनमा यौनसामग्री सबैभन्दा बढी हेरिने कुरा पत्ता लगाएका हुन्।
 यस्तो मौसममा वेश्यावृत्तिका लागि अनलाइनमार्फत सबैभन्दा बढी चाहना व्यक्त हुने गरेको छ। जाडो याममा विभिन्न डेटिङ साइटहरूमा समेत प्रयोगकर्ताको संख्या वृद्धि हुन्छ। जाडोयाम तथा गर्मीको सुरुवाततिर अश्लील सामग्री हेर्ने दर बढ्नुमा मानिसको जैविक यौन प्रक्रिया वा सक्रियता मुख्य कारण रहेको बताइन्छ।
मानिस जाडो तथा गर्मी यामको सुरुवाती दिनहरूमा यौनिक रूपमा बढी सक्रिय हुने भएकाले आफ्नो यौनइच्छा पूर्ति गर्न बढी अश्लील साइटहरू क्लिक गर्छ। यो मौसममा धेरैजसो पश्चिमा मुलुकमा लामो बिदा हुने भएकाले पनि मानिसहरूले फुर्सदमा रमाइलो गर्न अश्लील सामग्रीहरू खोजीखोजी हेर्ने गरेका छन्।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......