राष्ट्रपतिमा पूर्व राजा ज्ञानेन्द्रको गन्ध आयो :

एमाओवादी
१९ कात्तिक, काठमाण्डौ । एकीकृत नेकपा माओवादीले राष्ट्रपतिमा पूर्व राजा ज्ञानेन्द्र शाहको गन्ध आएको वताएको छ । आइतवार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा नियमित पत्रकार भेटघाटमा एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले भन्नुभयो,' राजा विरेन्द्रको हत्यापछि राजा भएलगत्तै ज्ञानेन्द्रले म दाजु विरेन्द्र जस्तो टुलुटुल हेरेर बस्दिन भनेका थिए । अहिले राष्ट्रपतिमा त्यही कुराको गन्ध आएको छ । यदी राष्ट्रपतिले यस्तो मूर्खता देखाए राष्ट्रपतिको पनि ज्ञानेन्द्रकै हालत हुन्छ ।'
प्रवक्ता सापकोटाले राष्ट्रपतिले सरकारलाई निर्वाचनको मिति तोक भन्नु, संविधचानसभा पुनःस्थापना हुन सक्दैन भन्ने जस्ता अभिव्यक्ति सार्वजनिकरुपमै दिनुले पूर्व राजा ज्ञानेन्द्रको जस्तो झल्को दिएको आरोप लगाउनुभयो । उहाँले विपक्षी दलहरु सहमतिमा नआएपनि सरकारले पूर्ण बजेट ल्याएरै छोड्ने वताउनुभयो ।
उहाँले भन्नुभयो,'विगतमा काँग्रेस-एमाले नेतृत्वका सरकारले पठाएका अध्यादेश राष्ट्रपतिले जारी गरेका थिए । अहिले वर्तमान सरकारले पनि संसद नरहेको अवस्थामा पूर्ण बजेटका लागि राष्ट्रपति कहाँ सिफारिस गर्छ । यसवाट नै राष्ट्रपतिको परीक्षा हुन्छ । 'संसद नरहेकावेला सरकारले सिफारिस गर्ने बजेट अध्यादेश राष्ट्रपतिले जारी गर्नुपर्ने सापकोटाको भनाई छ । सापकोटाले आफूहरु सहमतिका लागि हदैसम्म लचिलो भए काँग्रेस-एमालेका कारण दलहरुवीच सहमति हुन नसकेको वताउनुभयो । उहाँले भन्नुभयो,'एमाओवादी सहमतिका लागि हदैसम्मको लचिलो भयो । तर सहमति जुटेन । अब हामी कठोर भएर अघि वढ्छौ । ' सापकोटाले दलहरुवीच सहमति नभए एमाओवादी लगायतका सत्तारुढ दलहरु जनतामाझ जाने वताउनुभयो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......