काठमाडौं, कार्तिक २२ -
प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमीको दबाबमा काठमाडौं
उपत्यका खानेपानी विकास समिति -केयूकेएल) का दुई जना सदस्यलाई फिर्ता
बोलाइएको छ । दिदी तिमिलालाई अध्यक्ष बनाउन असहमति जनाएको भन्दै सदस्य
महेश काफ्ले र बाबुराजा महर्जनलाई हटाउन हिसिलाले दबाब दिएकी थिइन् ।
काफ्ले काठमाडौं महानगरपालिका र महर्जन ललितपुर उप महानगरपालिकाका तर्फबाट
सञ्चालक सदस्य छन् ।
प्रधानमन्त्री पत्नीको दबाबपछि महानगरका कार्यकारी अधिकृत केदारबहादुर अधिकारी र ललितपुर कार्यकारी अधिकृत नरहरि भण्डारीले दुवैलाई फिर्ता बोलाएर महानगरका सञ्जयराज उपाध्याय र ललितपुर उपमहानगरबाट रुद्र गौतमलाई सञ्चालक सदस्य सिफारिस गरिएको छ । हाल केयूकेएलका अध्यक्ष प्रयागलाल जोशी छन् । जोशीको कार्यकाल आगामी पुस २७ गते सकिँदै छ । केयूकेएलको विधानअनुसार अध्यक्षको पदावधि एक वर्षको हुन्छ ।
अध्यक्ष जोशीले हिसिलाले दीदीलाई अध्यक्ष बनाउन आफूलाई स्वतन्त्र सञ्चालक सदस्य हटाउन खोजिएको बताए । 'संस्थाको हितभन्दा राजनीतिक स्वार्थको आधारमा आफूलाई पनि हटाउने षड्यन्त्र भइरहेको छ', उनले बताए । जोशीलाई अध्यक्षबाट हटाएर दिदीलाई अध्यक्ष बनाउन गत वर्ष पनि हिसिलाले तत्कालीन स्थानीय विकासमन्त्री रहेका टोपबहादुर रायमाझीमार्फत दबाब दिएकी थिइन् । विभिन्न क्षेत्रबाट चर्को विरोध भएपछि उनी पछि हट्न बाध्य भएकी थिइन् ।
तिमिला पनि केयूकेएलको सञ्चालक सदस्य हुन् । उनले यसबारे बुझ्न खोज्दा कुनै प्रतिक्रिया दिन चाहिनन् । केयूकेएलको साधारणसभाअघि नै विरोधी जतिलाई पाखा लगाएर दिदीलाई अध्यक्ष बनाउने योजना अनुसार सबै सदस्यलाई परिवर्तन गर्न लागेको स्रोतले बतायो । चेम्बर अफ कमर्सका तर्फबाट सञ्चालक सदस्य रहेका सुरेश बस्नेत र हिसिलाले तिमिलालाई अध्यक्ष बनाउन सहरी विकास र स्थानीय विकास मन्त्रालयमार्फत दबाब दिएकी हुन् । केयूकेएलमा चेम्बर अफ कमर्सको ५, महानगरपालिको ३०, नेपाल सरकारको ३० ललितपुर उपमहानगरको तर्फबाट १० प्रतिशत सेयर रहेको छ ।