तीन अर्वमा ६ जहाज किन्ने सरकारी तयारी


१८ कात्तिक, काठमाण्डौं । सरकारले चीनसँग तीन अर्व रुपैयाँभन्दा बढीमा एकैपल्ट ६ वटा जहाज किन्ने निर्णय गरेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगममा शुक्रबार चिनियाँ टोलीसँग भएको वार्तापछि जहाज किन्ने सहमति भएको हो ।
निगमका उच्च अधिकारी र चिनियाँ जहाज निर्माता कम्पनी एभिक हेल्डिड्रसका उच्च अधिकारीहरुबीच दुई दिनसम्म लगातार भएको वार्तापछि शुक्रबार जहाज किन्ने निर्णय भएको हो । यो वार्ता दुवै देशका सरकारी प्रतिनिधीबीच भएको हो । सरकार-सरकारबीचको समझदारी भएकाले निगम सञ्चालक समितिको यसमा कुनै भूमिका नरहने खबर नागरिक दैनिकले छापेको छ ।

वार्तापछि ३ अर्व १ करोड रुपैयाँ मूल्यमा ६ वटा जहाज किन्न सहमति भएको निगमका उच्च अधिकारीले जानकारी दिएका छन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......