सेक्स हरेक जीवित प्राणीका लागि एक अभिन्न अंग भएको कुरा प्रष्टै छ ।
यौनशिक्षाको विषयलाई लिएर विश्वमा अनेक कुराहरु हुने गर्छन् । सेक्सको
विषयमा जहिल्यै र जसलाई पनि एक किसिमको खुल्दुली हुने गरेको तथ्यहरु
बेला–बेलामा बाहिर आउने गरेका छन् । अझ यो खुल्दुली किशोरावस्थामा बढी हुने
तथ्यहरुले बताउने गरेका छन् ।
यस्तैमा अष्ट्रियामा एक अन्तर्राष्ट्रिय सेक्स स्कुल खुलेको छ । जुन
विद्यार्थीलाई यौनशिक्षा दिने विश्वकै पहिलो स्कुल पनि हो । उक्त सेक्स
स्कुल अष्ट्रियाको भियनामा खोलिएको हो ।
उक्त स्कुलमा विद्यार्थीलाई सेक्सको व्यबहारिक ज्ञान पनि दिइने जनाइएको छ ।
तर, उक्त स्कुलमा पढ्न जोकसैलाई सजिलो भने छैन ।
समाचार एजेन्सी डेलिमेलका अनुसार उक्त स्कुलमा एकसत्र पढ्नका लागि प्रत्येक
विद्यार्थीले १४ सय पाउन्ड शुल्क बुझाउनु पर्नेछ । सेक्स स्कुलका प्रवक्ता
मेलोडी कर्शले भने स्कुल पूर्ण रुपमा चल्न सफल हुनेमा विश्वास व्यक्त
गरेको जनाइएको छ ।
