
तान्छोहाङ लाओती
हङकङ, ३
नोभेम्बर जोर्डनको इंडिया क्लवमा पापोहाङ लाओती सयङ हङकङले बलिहाङ तङनामको
उपल्क्षयमा लाओती र लाओती परिवार संग सम्बधिहरुको भेटघाट सम्पन गरेको छ ।
औपचारिक
कार्यक्रमको अध्यक्षता लाओती सयङ हङकङका अध्यक्ष खगेन्द्र लाओतीले गर्नु
भएको थियो । प्रमुख अतिथीमा लाओतीहरुमा जेठो धनबहादुर लाओती,बिशेष अतिथीमा समाजसेवी जसबहादुर ओख्राबो,अतिथीहरुमा किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष त्रिभुवन लुम्फुङवा,पान्थर मञ्चका अध्यक्ष प्रताप कुमार र्राई,कलाकार राजु आङदेम्बे,सुनिता सम्बाहाङफे,भुपेन यङया र भु.पू अध्यक्षहरु कृष्णराज लाओती,होम लाओती,हेम
लाओती लाई आशन गराइएको थियो । कार्यक्रममा सयङको नयाँ सदस्यहरु लाई प्रमाण
पत्र बितरण गरिएको थियो । पापोहाङ लाओती सयङ हङकङको प्रत्येक
कार्यक्रमहरुमा बिशेष सहयोग गर्ने साथै लिम्बू र पर्ूर्बेली नेपाली लोक
गीतका गायक राजु आङदेम्बे र गायीका सुनिता सम्बाहाङफे लाई सम्मान गरिएको
थियो । पान्थर मञ्चका अध्यक्ष र चुम्लुङका अध्यक्षले बलिहाङ तङनामको
शुभकामना दिनु भएको थियो । लाओती सयङको स्थापनको लागि चाहिने विधान लेखेर
सहयोग गर्ने
जसबहादुर ओख्राबो लाई उहाँको सहयोगको उच्च कदर गर्दै सम्मान
गरिएको थियो । त्यसरी नै पापोहाङ लाओती सयङ हङकङको संस्थापक अध्यक्ष
कृष्णराज लाओती लाई पनि सम्मान गरिएको थियो । आफुले गरेको सानो सहयोगले आज
सम्मान गर्नु भएकोमा सयङ लाई हार्दिक धन्यवाद भनु भयो । आउदा दिनहरुमा पनि
एकअर्कामा सहकार्य र सहयोग अपेक्षका साथ बलिहाङ तङनामको शुभकामना पनि दिनु
भयो । संस्थापक अध्यक्ष कृष्णराज लाओती ले पनि बलिहाङ तङनामको शुभकामना
दिनु भयो । स्वागत मन्तवय याम लाओती गर्नु भएको थियो भने कार्यक्रम सचिव कमानधोज लाआती ले सञ्चालन गर्नु भएको थियो ।
