दुई बस आपसमा ठोक्किँदा एकको मृत्यु

२३ कात्तिक, सप्तरी । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पंसेरा-९ अमहामा दुईवटा यात्रुबाहक बस एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् ।
सदरमुकाम राजविराजबाट वीरगन्जका लागि जाँदै गरेको ना ४ ख ६६३३ नम्बरको कालिका बस र काठमाडौँबाट फत्तेपुरका लागि गइरहेको ना४ख ४७३५ नम्बरको देउराली बस आज बिहान एक आपसमा ठोक्किँदा कालिका बसका चालक राजविराज-८ निवासी रामचन्द्र गुप्ताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घाइतेमध्ये १४ जनाको अवस्था चिन्ताजनक रहेको छ । घाइतेहरुलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......