सराङकोट (कास्की), कार्तिक २१ - पर्यटकीय प्रचुर सम्भावना देखेर रसियाका एक पर्यटन व्यवसायीले यहाँ ४५ करोडको लगानीमा रिसोर्ट निर्माण गरिरहेका छन् । प्रमुख पर्यटकीय स्थल सराङकोटको मेथलाङ डाँडोमा बुटिक शैलीमा सेभाले रिसोर्ट निर्माण थालेका हुन् । गाउँलेले त्यत्तिकै बाँझो छाडेको जग्गालाई सदुपयोग गर्दै उनले झन्डै ४५ करोड रुपैयाँमा जग्गासँगै भौतिक पूर्वाधारसहितको रिसोर्ट निर्माण गरेका हुन् । झन्डै दुई वर्षदेखि सुरु भएको रिसोर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए । 'नेपालमा पर्यटनको सम्भावना देखेर लगानी गरेको हुँ,' उनले भने । नेपालको प्राकृतिक सौन्दर्यले आफूलाई प्रभावित गरेको उनले बताए । उनले १५ वर्षदेखि रसियामा टुर एन्ड ट्राभल्स सञ्चालन गर्दै आएका छन् । उनी १९९७ देखि नेपाल आउन थालेका थिए ।
उनले २५ रोपनी जग्गामा सात वटा विदेशी शैलीका भिल्ला बनाएका छन् । तिनमा २० बेड क्षमता छ । आकर्षक बगैंचा, ४५ मिटर लामो स्विमिङ पुल, स्पा, जिमहल, बक्सिङ, टेनिसकोर्ट र रेस्टुरेन्टसमेत त्यसमा रहने छ ।
एउटा भिल्लाबाट अर्को भिल्लामा जान आकासेपुल हुने छन् । रिसोर्टका लागि आवश्यक फर्निचर सिंगापुरबाट ल्याइएको उनले बताए । उनले धेरै खर्च गर्ने विदेशी पर्यटकलाई लक्षित गरेर रिसोर्ट बनाएको बताए । समुद्र सहतबाट १ हजार २ सय मिटरको उचाइमा रहेको रिसोर्टबाट पोखरा उपत्यका, फेवाताल, सेताम्मे हिमशृंखला, जंगल, गाउँका दृश्य एकसाथ नियाल्न सकिन्छ । 'हिमाल र पदयात्रा मार्गले नेपालमा पर्यटनको प्रचुर सम्भावना देखेको छु,' सेभाले भने, 'प्राकृतिक सुन्दरताले गर्दा पर्यटन क्षेत्रमा गरेको लगानी खेर जाँदैन ।' उनले फोहोर, प्रदूषण नियन्त्रणसँगै सरकारी नीति ठीक बनाए आगमन बढ्ने र लगानी सुरक्षित हुने बताए ।