कार्दाशिनको अर्को ब्लु फिल्म ?!!

अमेरिकी चर्चित सेलिब्रेटी किम कार्दाशिनको सेक्स टेपको दोश्रो संस्करण बजारमा आउन लागेको हल्लाले पोर्न उद्योगमा तहल्का मात्र मच्चाएको छैन किमका फ्यानसँगै अरु धेरैलाई समेत औडाहा बनाएको छ ।
पूर्व प्रेमीसँगको सेक्स टेप केही वर्षअघि सार्वजनिक भएसँगै विवादमा फसेकी किमको अर्को सेक्स टेप समेत सार्वजनिक हुन लागेको हल्लाले बजार नतताउने कुरै भएन । तर किम कार्दाशिनका सेक्स टेपको स्वामित्व लिएको कम्पनी विविड इन्टरटेनमेनटले भने यो हल्लाको खण्डन गर्दै किम कार्दाशिनको सेक्स टेपको दोश्रो संस्करण बजारमा ल्याउन नथालेको स्पष्ट पारेको छ । साथै विविडले किमको सेक्स टेपको कुनै सिक्वेल नभएको समेत प्रष्टाएको छ ।

पोर्न इन्डस्ट्रीको क्षेत्रमा विविड इन्टरटेनमेन्ट एक चर्चित नाम हो र यो कम्पनीले किम कार्दाशिनको सेक्स टेपको स्वामित्व खरीद गरेको छ । बजारमा किमको सोही सेक्स टेपको सिक्वेल १९ मिलियन पाउण्डमा बेच्न लागिएको खबर आएपछि कम्पनी आफै आश्चर्यमा पर्दै यस्तो हल्लाको खण्डनमा जुटेको हो । कम्पनीका मालिकले किम कार्दाशिनका सार्वजनिक गर्न बाँकी अरु कुनै सेक्स टेप कम्पनीसँग नरहेको समेत बताएका छन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......