बलिउड नायक सैफ १२०० सय करोडका मालिक


एजेन्सी, कार्तिक २२ । बलिउड नायक सैफ अली खान ७ सय ५० करोड भारतीय रुपैयाँ अर्थात् लगभग १२ सय करोडका मालिक भएको समाचार बाहिर आएको छ । हालै नायिका करिना कपुरसँग विवाह बन्धनमा बाँधिएका सैफ उनको पूर्खौली सम्पत्तिसहितको आंकलनबाट यो कुरा बाहिर आएको स्रोतले जनाएको छ ।

उनको महल र पूर्खाको सम्पत्तिगरी कुल ७ सय ५० करोड सम्पत्ति भएको उल्लेख गरिएको हो । अब उनको पिताको निधनपछि सैफ उक्त सम्पत्तिको मालिक भएको जनाइएको छ । स्रोतका अनुसार सैफका पिता मन्सुर अली खानले उक्त सम्पत्ति सैफको नाममा गरेको दाबी गरिएको छ । साथमा सैफका २ बहिनीहरु सोहा अली खान र सबा अली खानलाई पनि सम्पत्तिको केही हिस्साको हकदार रहेको उल्लेख गरेको बताइएको छ ।


सैफले अहिलेसम्म सम्पत्तिका बारेमा त्यस्तो केही कुरा बताएका छैनन्, जसले विवाद सिर्जना होस् । सैफ–करिनाको विवाहपछि सैफको परिवार सम्पत्तिको मामला सुल्झाउन लागि परेको जनाइएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......