२० कात्तिक, काठमाडौं । नेकपा एमालेले पार्टीकावरिष्ठ नेता केपी शर्मा ओलीको उपचारका लागि सहयोग जुटाउन समित गठन गरेको छ ।
महासचिव इश्वर पोखरेलको अध्यक्षतामा
सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले ओलीको उपचारमा पार्टीका तर्फबाट
गर्नु पर्ने आर्थिक लगायतका सहयोगको समन्व्य गर्न ‘सहयोग समिति’ गठन गरेको
हो ।
समितिमा सचिव विष्णु पौडेलसहित नेताहरु प्रकाश ज्वाला, कृष्णगोपाल श्रेष्ठ, परशुराम मेघी गुरुङ र राजन भट्टराई सदस्य रहेका छन् ।
समितिका सदस्य पौडेलले अनलाइनखबरसँग भन्नुभयो-’ओलीको उपचारका लागि आवश्यक सहयोग तथा समन्वय गर्न समिति गठन गरिएको हो ।’
फोक्सोमा निमोनिया भएपछि नर्भिक अस्पताल भर्ना भएका नेता ओलीलाई थप उपचारका लागि आइतबार एयर एम्बुलेन्सबाट भारत लगिएको छ ।
नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत नेता ओलीको स्वास्थ्य अवस्था अझै गम्भीर रहेको एमाले नेताहरुले बताएका छन् ।

