लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चाको तेश्रो सम्मेलन गुटवन्दीले गर्दा कार्यसमिति बनेन










भूपन्द्र चेम्जोङ  
    २८ गते आइतवार २०१२ हङकङ । याउमा तेइको कम्युनिटी हलमा सम्पन्न नेकपा एमाओवादी सम्वद्ध जातीय मोर्चा लिम्बूवान राष्ट्रिय मुक्तिमोर्चा हङकङको तेश्रो सम्मेलनले 'प्राविधिक काराणले' पूर्णता पाउन सकेन ।
    सम्मेलन हलमा वाहिरिएपछि मोर्चाका सहइन्चार्ज ज्ञानु मेन्याङवोले 'प्राविधिक काराणले' सम्मेलन पूरा हुन नसकेको वताएकाछन् ।तोकिएको समयभन्दा २ घण्टा ढिलो गरी शुरु भएको सम्मेलन रातको १० वजे  सम्म पनि खुल्ला सत्र चलिरहेको थियो । कार्यक्रममा अतिथि तथा अन्य प्रतिनिधि र पर्यवेक्षकहरू तोकिएको समय भित्रै जम्मा भइसकेको भए तापनि वन्न लागेको कार्यसमितिमा र्सवसम्मत गर्नकोलागि खुल्ला सत्रमै पहल हुनाले समय  ढिलो हुन गएको थियो। सम्मेलन हुने एक हप्ता अघिसम्म सम्मेलन आयोजक समितिका संयोजक चन्द्रराज लिम्बू  एकमात्र  र्सवसम्मत अध्यक्षका उम्मेदवार देखिएका थिए । तर सम्मेलन हुने केही दिन वाँकी रहँदा  एकाएक अर्का अध्यक्षका प्रत्यासी मोर्चाकै भूपू कोषाध्यक्ष वेदराज लिम्बूको नाम वजारमा सुनिएको थियो ।
पार्टी मोर्चाहरू वा तल्लो निकायहरूमा र्सवसम्मत नै निर्वाचन हुने चलन मोर्चाको अघोषित नीति रहेकोले यसलाई मिलाएर लग्नुपर्ने आवश्यकता महसूस गरी सम्मेलन अघि पनि र्सवसम्मतिकोलागि समय खर्च गरिएको थियो । अध्यक्ष पदका प्रत्यासी वेदराज लिम्बूलाई समेत कमिटीमा वस्नकोलागि आव्हान गरेको भन्ने संयोजक चन्द्रराज लिम्बूको भनाइ रहेको छ । चन्द्रराजका अनुसार अध्यक्ष उमेदवार वेदराजलाई समेत मोर्चाको कार्य समितिमा वस्न आव्हान गरेको थियो । तर वेदराज स्वयंले आफू नवस्ने जानकारी दिएका थिए । यो भनाइप्रति वेदराज लिम्बू पनि सहमत राख्दै 'साथीहरूले गर्दा अगाडि आएको' भन्ने उनको भनाई रहेको छ । अध्यक्षको उम्मेदवारमा कोही अगाडि नआएपछि मोर्चाका कार्यवाहक अध्यक्ष चन्द्रराज स्वयं संयोजक वन्दै आफूलाई अध्यक्षताको उमेदवारी घोषणा गर्नुपरेको थियो । मोर्चाको दोश्रो सम्मेलनबाट विधिवत निर्वाचित भएका मानबहदुर थोप्रा लिम्बू हङकङ वाहिरिएपछि उपाध्यक्ष चन्द्रराज लिम्बूले कार्यवाहक अध्यक्ष सम्हाल्दै आएका थिए ।
    अपुष्ट समाचार अनुसार केही हप्ता अगाडि मनकुमार लिम्बूको नेतृत्वमा एक प्यानल तयार पारिएको थियो । तर मनकुमार स्वयंले अस्वीकार गर्दै नेपाल प्रस्थान गरेपछि वेदराज लिम्बूको नेतृत्वमा प्यानल अगाडि वढेको हो ।  मोर्चालाई आफ्नो अधिनमा राख्न खोज्ने केन्द्रमा रहेका केही व्यक्तिहरूबाट प्यानल सृजना भएको पर्यवेक्षकहरूको भनाई छ ।चुनावी प्रयोजनकै लागि केही दिन अघि मात्रै यस प्यानलबाट निक्कै धेरै संख्यामा मोर्चाको सदस्यता वाँडिएको समाचार छ । मोर्चामा कहिले आवद्ध नभएका र फरक पार्टी पृष्ठभूमिका व्यक्तिहरूलाई समेत मोर्चाको सदस्य वनेर भोट हाल्न अनुरोध गरिएको कुरा खुलासा हुन आएको छ । 
    आगामी हुने वन्द सेसनकोलागि हालसम्म कुनै समय र स्थान तोकिएको छैन । तोकिएको वन्दसत्रको अवधिमा पनि कुनै सहमति नभए केन्द्रबाट हस्तक्षेप हुने सम्भावना रहेको छ । लिम्बूवान राष्ट्रिय मोर्चा हङकङको लागि हरि पन्धाक इन्चार्ज तोकिएका छन् भने ज्ञानु मेन्याङवो सहइन्चार्ज हुन ।इन्चार्ज तथा सहइन्चार्जबाट सहमतिको लागि गम्भिरतापूर्वक पहल भएमा समस्या समाधान यहीबाट पनि हुन सक्ने एकजना मोर्चाकै वुद्धिजीविको भनाई रहेको छ ।
   मोर्चामा विवाद हुनमा हाल एमाओवादी भित्र रहेको गुटपरस्त नीतिको पनि हात रहेको अनुमान गरिन्छ । एमाओवादी जिल्ला सम्मेलनकोलागि केही समय अघिसम्म एमाओवादी पार्टीसमानान्तर सचिवालय चलाउने पवन वस्नेत र अन्य केही सदस्यहरूको विरोधको कारण कार्यवाहक सचिव जेवी ओख्रावुलाई सम्मलेलन संयोजक नवनाएर तेश्रो व्यक्ति तुलाजङ गुरुङलाई वनाइएको छ । यसैको परावर्तित रुप लिम्बूवान मोर्चामा पनि देखिएको छ ।
    सम्मेलन प्रमुख अतिथि हरि पन्धाकले उद्घाटन गरेपछि लिम्बूवान प्राप्तिको दौडानमा भएका ज्ञात अज्ञात शहीदहरूप्रति १ मिनेट मौन धारण पछि अतिथिहरूबाट शुभकामना वक्तव्य दिने कार्यक्रम रहेको थियो । शुभकामना दिने क्रममा प्रमुख अतिथि हरिपन्धाकले लिम्बूवानमा वसोवास गर्ने सबै जातिहरू एक भएर यथास्थितिवादको विरुद्ध लडेमा मात्र लिम्बूवान प्राप्त हुने विचार व्यक्त गरे । अर्का विषेश अतिथि नेकपा एमाओवादी जिल्ला सम्मेलनका संयोजक तुलाजंग गुरुङले वर्गीय तथा जातीय मुक्तिको लडाईसंगै लगेर जानुपर्ने वताए । अर्का विषेश अतिथि नेपाल आदिवासी जनजाति संयुक्त संघर्ष सहयोग समितिका संयोजक भक्तवहादुर दुराले लिम्बूवानवासीहरूको आन्दोलनबाट देशमा आदिवासी जनजाति आन्दोलनको लहर आएको भन्दै वाहुन जातिहरूको विरुद्धमा होइन व्रम्हाणवादी एकल जातीवादी सोचको विरुद्धमा संघर्ष गर्नुपर्ने वताए । त्यस्तै लिम्बूवान वुद्धिजीवि परिषदका सदस्य वलराम राईले लिम्बूवान लिम्बू जातिको मात्र प्रदेश नभएर सबै जातजातिको साझा भूमि भएकोले सबै लिम्बूवानवासीहरू एकभएर लिम्बूवान प्राप्तिको लडाईमा अगाडि वढनुपर्ने वताए। विषेश अतिथि मोर्चाका सहइन्चार्ज ज्ञानु मेन्याङवोले सटिक भाषामा सबै लिम्बूवानवासी सबैलाई लिम्बूवानको लागि संघर्ष गर्न आव्हान गरे । त्यस्तै अन्य वक्ताहरूमा आदिवासी जनजाति महासंघका महासचिव हस्त मास्वा, मन्च सम्वद्ध लिम्बूवान परिषदका सचिव जहरमान लिम्बू,आदिवासी जनजाति पत्रकार महासंघ हङकङका भूपेन्द्र चेम्जोङ, राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्र लक्सम, एकीकृत नेपाली मन्चका राजु गुरुङ, तमुवान मुक्ति मोर्चाका अध्यक्ष दुर्गा गुरुङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष त्रिभुवन लुङफुङवा र मोर्चाका सल्लाहकार टंक चोङवाङ  रहेका थिए । संयोजक चन्द्रराज लिम्बूको सभापतित्वमा सम्पन खुला सत्रलाई संयोजक सचिव रविन लिङदेनले संचालन गरेका थिए भने संयोजक समितिका सदस्य मनिष खापुङले स्वागत मन्तव्य दिएका थिए।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......