कसैले
‘तपाई त साह्रै बुद्धिमान हुनु हुँदो रहेछ’ भन्यो भने तपाईको मन प्रशन्न
हुन्छ । आखिर प्रशन्न नहुनु पनि किन ? तर, तपाईले कहिल्यै सोच्नु भएको छ,
बुद्धि कहाँबाट आउँछ ? दिमागभित्र पहिलेदेखि नै बुद्धि भरिएको हुन्छ ?
पछिल्लो दिनमा कुनै जानकारी चाहियो भने गुगग वा विकीपीडिया जस्ता
बेवसाइटकबो सहारा
यी सबै प्रश्नहरु यस कारण उठाइएको हो कि
हालै भएको केही अध्ययनले हाम्रो मस्तिष्कले आफूलाई जति प्रभावित पार्छ,
अन्य मानिस र गुगल जस्ता इन्टरनेटको दुनियाँको औजारले पनि त्यति नै असर
गर्छ । अति आवश्यक भएपछि मात्र मानिसले मानसिक श्रम गर्छ, नत्र दिमागलाई
कष्ट दिँदैन भन्ने सिद्धान्त मनोविज्ञानिकहरुमाझ लोकपि्रय छ ।
आमरुपमा जुन चिज स्मरण रहन सक्छ, त्यसलाई
याद गरिराख्न मानिसहरु धेरै दिमाग खियाउँदैनन् र कुनै न कुनै रुपमा अरुमा
निर्भर रहन्छौं । दार्शनिकहरु यसलाई यसरी ब्याख्या गर्छन-मस्तिष्कको संरचना
नै यस्तो हून्छ कि माहोल अनुसार नै आफ्नो विस्तार गर्छ । दर्शन शास्त्रका
ज्ञाता एण्डी क्लार्कका भन्छन्-दिमागमा केही यस्ता चिज हुन्छ, जसले नयाँ
विचार र गुगल जस्ता इन्टरनेटको दुनियाको औजारसँग समन्वय स्थापित गर्छ ।
