बागलुङ, मंसिर १३ -
प्रधानमन्त्री डा. बाबुराम भट्टराई सहभागी कार्यक्रममा यहाँका
बिद्यार्थीहरुले कालो झण्डा देखाएका छन् । धौलागिरी अञ्चल अस्पताल
उद्घाटनका क्रममा बागलुङ आएका प्रधानमन्त्रीलाइ नेपाल विद्यार्थी संघ,
अनेरास्ववियु, र बैद्यपक्षीय अखिल क्रान्तिकारीले सरकार र
प्रधानमन्त्रीविरुद्ध नारावाजी गर्दै कालो झण्डा देखाएका हुन् । कालो झण्डा
देखाउने माथि प्रहरीले लाठीचार्ज गर्दा सात जना विद्यार्थी घाइते भएका
छन् ।घाइते हुनेमा नेविसंघका जिल्ला अध्यक्ष हरिहर शर्मा, अनेरास्ववियुका अध्यक्ष नारायण पौडेल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पदम खत्री, नेविसंघका जोगलाल बुढा, पूर्णप्रसाद आचार्य, बालकृष्ण शर्मा, हेमराज शर्मा लगायत छन् । उनीहरु सामान्य उपचार पछि फर्केका छन् ।
लोकतान्त्रिक पद्दतीअनुसार विरोध गर्ने अधिकारलाइ दमन गरिएकेा भन्दै तीनवटै संस्थाले विज्ञप्ती प्रकाशित गरेर घटनाको भत्र्सना गरेका छन् ।
