१८ कात्तिक, काठमाण्डौं । श्रम तथा रोजगार
मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई) मा जाने नेपाली कामदारको न्यूनतम
पारिश्रमिक निर्धारण गरेको छ । मन्त्रालयले कामदारलाई अदक्ष, अर्धदक्ष,
दक्ष र उच्चदक्ष ४ भागमा वर्गीकरण गरी छुट्टाछुट्टै पारिश्रमिक निर्धारण
गरेको हो ।
मन्त्रालयका अनुसार अदक्ष कामदारको
न्युनतम ज्याला ८ सय डिराम्स र खाना भत्ता ३ सय गरी ११ सय दिराम्स (२५ हजार
रुपैयाँ) निर्धारण भएको छ । एकलाख ६० हजारभन्दा बढी कामदार कार्यरत युएईमा
सवैभन्दा बढी अदक्ष कामदार छन् ।
अर्धदक्ष कामदारको खाना भत्ता ३ सय र
न्युनतम पारिश्रमिक १ हजार गरी १३ सय, दक्ष कामदारको खाना भत्ता ३ सय र
न्युनतम पारिश्रमिक १२ सय गरी १५ सय र उच्च दक्ष कामदारको खाना भत्ता ५ सय र
पारिश्रमिक ५ हजार गरी ५५ सय डिराम्स तोकिएको खबर कान्तिपुर दैनिकले
छापेको छ ।
