विगवोशमा आउन लागेको होइनः पोर्नस्टार प्रिया


एजेन्सी, कार्तिक २५ । बिगत केही दिनयता भारतीय टेलिभिजन कलर्सको रियालिटी शो ‘बिगबोश’को यसपटकको श्रृखंलामा पनि भारतीय–अमेरिकीमूलकी एडल्ट फिल्म स्टार प्रिया राय आउने खबरले बलिउड तातेको थियो । गतवर्ष बिगबोशमा आएकी पोर्नस्टार सनी लियोन राम्रैसँग भारतमा छाएपछि यसपटक पनि अर्की पोर्नस्टार प्रिया आउने हल्लाले भारतसहितका मुलुकमा सनसनी मच्चाएको थियो । तर, यसपटकको बिगबोशमा पोर्नस्टार प्रिया आउने हल्ला गलत भएको दाबी गरिएको छ ।

यो कुरा स्वंय पोर्नस्टार प्रियाले उल्लेख गरेको भारतीय न्यूज एजेन्सी जी न्यूजले जनाएको छ । प्रियाले आफ्नो सोसियल साइट मार्फत यस कुराको खण्डन गरेकी छिन् । पोर्नस्टार प्रियाले आफ्नो ट्वीटरमा आफू बिगबोशमा आउन कुरा गलत भएको बताएकी हुन् ।


प्रियाले बिगबोशमा आफ्नो प्रवेशको झुठो खबर कसले सुरु ग¥यो त्यसको बारेमा समेत जानकारी नभएको उल्लेख गरेकी दाबी गरिएको छ ।

पोर्नस्टार प्रियाले बिगबोशको सिजन–६ मा आफ्नो प्रवेशको सनसनीपछि दुःखी भएर यस्तो ट्वीट गरेको समेत स्रोत एजेन्सीले उल्लेख गरेको छ ।



तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......