नायक ऋतिक रोशन बलिउडमा सबैभन्दा बढि
पारिश्रमिक लिने नायक बनेका छन् । यसअघि नायक सलमान खानले ‘एक था टाइगर’मा
अभिनय गरे बापत्त २७ करोड पारिश्रमिक लिएका थिए । अब नायक रोशनले एक हलिउड
चलचित्रको हिन्दी रिमेकका लागि ३० करोड पारिश्रमिक लिदै सलमानलाई उछिनेका
हुन् । हलिउड फिल्म ‘नाइट ऐंड’ को रिमेकका लागि रोशनले ३० करोड पारिश्रमिक
लिएका हुन् ।
उनले टाम क्रुज र कैमरुन डियाज जस्ता
चर्चित हलिउड स्टारले अभिनय गरेको ‘नाइट ऐंड’को हिन्दी रिमेकका लागि यति
धेरै पारिश्रमिक लिएका हुन् । पछिल्लो समयमा बलिउड सिनेमा नगरीमा अस्ताए झै
देखिएका ऋतिकको माग भने अझै नघटेको पुष्टि यो संझौताले पनि गर्दछ ।

