युवती मृत फेला

धनकुटा, कार्तिक २१ - धनकुटा सदरमुकाम नजिक रहेको चुलिबनमा मंगलबार मध्याह्न एक युवती मृत फेला परेकी छन् ।
सदरमुकामबाट करिब दुई किलोमिटर नजिक रहेको धनकुटा ७ स्थित चुलिबनको झाडीमा अन्दाजी २५ वर्षकी युवतीको लाश फेला परेको प्रहरीले जनाएको छ । स्थानीयबासीले घाँस काट्न गएको बेला लाश फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।
लाश जाँच प्रकृति मुचुल्का अनुसार केही दिन अघि हत्या गरेर सो स्थानमा फालिएको प्रहरीले अनुमान गरेको छ । युवतीको पहिचान हुन सकेको छैन ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......