२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाह आफ्नो हैसियत बिर्सेर सक्रिय हुन खोजेको आरोप लगाउनु भएको छ ।
नेपाल पब्लिक क्याम्पस संघको नवौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिए पूर्व राजाका हैसियतले प्रदान गरिँदैआएका सुविधाहरु खोसिने चेतावनी दिनुभयो ।
उहाँले मुलुकलाई आर्थिक संकटबाट जोगाउन बजेट अपरिहार्य रहेको बताउनुभयो । पूर्ण बजेटको अभावमा मुलुक गम्भीर सङ्कटमा धकेलिन सक्नेतर्फ सबै दल सचेत हुनुपर्ने उहाँको भनाई थियो ।
शिक्षामन्त्री दिनानाथ शर्माले पब्लिक क्याम्पसहरुले गरेको विश्वविद्यालयको मागलाई सरकारले पूरा गर्ने आश्वासन दिनुभयो ।