विराटनगर, कार्तिक २१ -
कान्तिपुर दैनिकमा मंगलवार प्रकाशित 'अरुलाई बचाउने डाक्टरले नै उपचार पाएनन्' शिर्षकमा छापिएको डा. चित्रप्रसाद शर्मा वाग्लेको समाचार पढेर मर्माहत भएका यहाँका डा. कैलाशकुमार श्रेष्ठले २५ हजार रूपैयाँ सहयोग गरेका छन् ।
डा. श्रेष्ठले १० हजार व्यक्तिगत र उनी अध्यक्ष रहेको लाइफगार्ड हस्पिटल प्रालिकातर्फबाट १५ हजार रुपैयाँ सहयोग गरेका हुन् । सहयोग राशि उनले मंगलवार कान्तिपुर पूर्वाञ्चल व्यूरो प्रमुख माधव घिमिरेलाई हस्तान्तरण गरेका छन् ।
अर्घाखाँचीलगायतका गाउँमा रहेर सेवा गरेका डा. वाग्ले हाल एपेन्डिक्स क्यान्सरले थलिएका छन् । लाइफगार्डले विज्ञप्ति जारी गरि दुर्गम गाउँमा सेवा गर्ने चिकित्सकले खर्च अभावमा उपचार नपाउँदा साह्रै दुःख लागेको उल्लेखको छ । डा. श्रेष्ठले भने 'यो सुरुआत हो । देशभरिका चिकित्सक मात्रैले सहयोग गरेपनि डा. वाग्लेको उपचार सहज हुन्छ भन्ने लागेको छ ।