बेलायतले भारतलाई आर्थिक सहयोग बन्द गर्ने लन्डन ,

कार्तिक २६ - बेलायतले सन् २०१५ सम्म भारतलाई दिँदै आएको आर्थिक सहायता बन्द गर्ने भएको छ । बेलायती अन्तर्राष्ट्रिय सहायता मामिलामन्त्री जस्टिन गि्रनिङले सन् २०१३ देखि बिस्तारै कटौती गरी २०१५ सम्ममा पूरै रोक लगाउने बताएकी हुन् । दुई वर्षको अवधिमा सहयताबापत दिइने १ हजार ७ सय करोड भारतीय रुपैयाँ कटौती हुनेछ । भारतको आर्थिक स्थिति बलियो हुँदै गएको र विश्वमा अर्को ताकतको रूपमा स्थापित हुन थालेकाले सहयोग कटौती गर्नुपरेको बेलायती मन्त्री जस्टिनले बताएको बीबीसी अनलाइनमा उल्लेख छ । पहिलेदेखि नै बेलायती कन्जरवेटिभ पार्टीका धेरै नेताहरूले भारतलाई दिइने आर्थिक सहयोगलाई लिएर विरोध गर्दै आएका थिए । गत सेप्टेम्बरमा अन्तर्राष्ट्रिय सहयोग मामिला कार्यभार सम्हालेकी जस्टिनले केही अगाडिमात्र विभिन्न देशलाई दिइएको सहयोग रकमबारे समीक्षा सकेकी थिइन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......