पुरुषको नांगो कलाकृतिले हंगामा !


एजेन्सी, मंसिर ५ । कला मात्रै होइन, आधुनिक समाजमा न्यूडिटी (नग्नता) समेत एक प्रकारको स्वीकार्य विषय बनिसकेको छ । तर, अष्ट्रियाको राजधानी भियनामा भएको एक कला प्रदर्शनीमा नग्न कलाकृतिका कारण हंगामा भएको छ ।

उक्त कलाकृतिमा नग्न पुरुषलाई दर्शाइएको छ । सोही कारण कला प्रदर्शनीको विरोध भईरहेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

यसबाट एउटा कुरा प्रष्ट छ, पश्चिमी समाजमा महिलाको नग्न कलाकृतिलाई पचाईसकेको अवस्था छ । तर, पुरुषको नग्नता भने पचेको देखिदैन ।

भियनाको लियोपोल्ड संग्रहालयमा राखिएको पुरुषको नग्नतामा आधारित कलाकृति विरोध प्रदर्शन पश्चात प्रदर्शनी अगावै पोस्टरहरु हटाइएको जनाइएको छ ।
समाचारका अनुसार उक्त संग्रहालयमा प्रवेश गर्ने वितिक्कै एकसाथ पुरुषको ५ नग्न कलाकृति देखिन्छ ।

सबैभन्दा पहिलो कलाकृतिमा प्राचीन मिस्त्रका पुरुषहरुको प्रतिबिम्ब पाइन्छ । त्यसै मध्येको एक कलाकृतिमा भने सपिङ सेन्टरमा हुने पुरुषको पुतलीमा आधारित नग्नता देखिने पनि बीबीसीले उल्लेख गरेको छ ।

तथापी यो सबै घटनालाई मानिसहरुले ‘पब्लिसिटी स्टन्ट’को संज्ञा समेत दिएका छन् । त्यहाँ भएको हंगामा ३० प्रतिशत हंगामा मार्केटिङ रणनीतिसँग सम्बन्धित भएको जनाइएको छ भने ७० प्रतिशत हंगामा मात्रै बास्तविक भएको जनाइएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......