१९ कात्तिक, काठमाण्डौ । प्रधानमन्त्रीलाई बर्खास्त गरेर सेनाका बलमा आफैले शासन चलाउने राष्ट्रपतिको प्रयत्न बिफल भएको छ ।करिव दुई साताअघि जतिबेला राष्ट्रपति
सार्वजनिकरुपमा चर्का राजनीतिक भाषण गरिरहेका थिए, त्यतिबेलै ‘कु’को
आन्तरिक तयारी तिब्र पारिएको उच्च राजनीतिक स्रोतको दावी छ । तर
राष्ट्रपतिले कु का लागि जसजसको सहयोग लिने प्रयत्न गरेका थिए उनीहरुले
रातो बत्ति बालिदिएपछि राष्ट्रपति यादवको योजना तत्कालका लागि तुहिएको छ ।
राष्ट्रपति यादवले आफ्नो प्रयत्न सफल नभएको र हुनुपर्ने नियकाबाट ‘साथ
नमिलेको’ सन्देश कांग्रेस-एमालेका नेताहरुलाई दिइसकेका छन् ।
बिश्वस्त
सुत्रका अनुसार राष्ट्रपति यादवले सवैभन्दा पहिले नेपाली सेनाको साथ लिन
खोजेका थिए । माओवादीप्रति गरम ठानिएका सेनापति गौरवशमसेरले आफ्नो कदममा
मौन समर्थन जनाउने बिश्वासका साथ सेनापतिलाई शितलनिवास बोलाएरै
राष्ट्रपतिले ‘मैले लिनुपर्ने भयो, अब सहयोग गर्नु पर्यो’ भन्ने प्रस्ताव
राखेका थिए । तर सेनापति राणाले अहिलेको अबस्थामा सवै दलको सहमतिबिना कुनै
पनि कदम घातक हुनसक्ने भन्दै सेना राजनीतिमा तानिने कुनै योजनामा नरहेको
जवाफ दिएका थिए । अहिलेको स्थीति राजनीतिक कदमका लागि परिपक्क नभएको दवाफ
दिंदै राणाले सेना सहयोग नहुने प्रष्ट पारेका थिए ।
त्यसपछि राष्ट्रपति यादवले नेपालका लागि
भारतीय राजदूतलाई बोलाएर ‘लिनैपर्ने अबस्था आएको नत्र माओवादीले सत्ता
कब्जा गर्ने’ बेलिविस्तार लगाएका थिए । प्रधानमन्त्रीलाई हटाउनैपर्ने
अबस्थामा आफु पुगेको भन्दै यादवले भारतले साथ दिए मुलुकभित्रको स्थीति
आफ्नो नियन्त्रणमा हुने बताएका थिए ।
भारतीय राष्ट्रपति प्रवण मुखर्जीसँग
ब्यक्तिगत सम्बन्ध भएपनि सरकारी तहमा सम्बन्ध नभएका कारण राष्ट्रपतिले
राजदूतलाई भूमिका खेलिदिन आग्रह गरेका थिए । आफु पनि मधेसी भएका कारण
मधेसमा समस्या नहुने, पहाडी क्षेत्रको सेन्टिमेन्ट आफ्नो पक्षमा रहेको,
माओवादीबाहेक सवै दलको राजनीतिक समर्थन पनि आफुलाई हुने भन्दै राष्ट्रपतिले
सहयोगका लागि आग्रह गरेका थिए । तर भारतीय राजदूतले पनि राष्ट्रपति सक्रिय
हुने कुरालाई सर्मथन गर्न नसकिने कूटनीतिक जवाफ दिएका थिए ।
सेना र भारतकै साथ नपाएपछि राष्ट्रपति
यादव तत्कालका लागि हच्चिएको स्रोतको दावी छ । राष्ट्रपति सक्रिय हुन
खोजेको र बिभिन्न क्षेत्रमा हारगुहार गरेको खवर माओवादी अध्यक्ष प्रचण्ड र
प्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि पुगिसकेको बताइएको छ । पछिल्लो
स्थायी समिति वैठकमा राष्ट्रपतिले कु गर्ने प्रयत्नका साथ को-कोसँग के-के
कुरा गरे भन्ने फेहरिस्त पेश गरिएको थियो ।
एक माओवादी नेताले अनलाइनखबरसँग
भने-’राष्ट्रपतिको कु गर्ने प्रयत्न बिफल भएको, सेना र बिदेशीलाई हात लिएर
सासन चलाउने उनको भित्री मनसाय छरप्रष्ट भइसक्यो ।’ कु को योजना असफल भएपछि
मात्र राष्ट्रपतिले दलहरुको छलफलमा नरम कुरा गरेको उनले दावी गरे ।

