बाबु ,छोराले आफ्नै मा काम गर्ने दलित किशोरी माथि यौनशोषण गरेको खुलासा

rapeनेपालगन्ज, मंसिर १० –एक कामदार किशोरीले होटल मालिक तथा उनको छोराले आफूलाई पटक-पटक यौनशोषण गरेको दाबी गरेकी छिन्। दलित समुदायकी १४ वषर्ीया किशोरीले नेपालगन्ज नगरसँग जोडिएको कारकादो-५ मा चिया नास्ताको व्यवसाय गर्दै आएका भैरव श्रेष्ठ तथा उनका छोरा सुशान्तले इच्छाविपरीत शारीरिक सम्बन्ध राखेको खुलासा गरेकी हुन्।

बर्दियास्थित कालिका गाविस-५ की संगीता विक -नाम परिवर्तन) ले पहिले होटल मालिकले र पछि उनका छोराले शारीरिक सम्बन्ध राखेको बताएकी छिन्। ‘दुवै बाबु-छोरा पालैपालो सँगै सुत्थे,’ किशोरीले भनिन्, ‘विरोध गर्दा पनि जबर्जस्ती गर्थे।’ दसैंयता यौनशोषणमा परेको बताउने ती किशोरीले आफूमाथि मालिक र उनका छोराले जबरजस्ती करणीको गुनासो मालिककी पत्नीसमक्ष समेत गरेको बताइन्। ‘नडरा, मेरो लोग्नेले अप्रेसन गरेका छन् केही हुँदैन भनिन्,’ यौनशोषणपछि होटल छाडेर घरमै बस्दै आएकी विकले भनिन्, ‘छोरालाई भन्दा गर्भ रह्यो भने फालिदिन्छु भन्यो।’
किशोरीले कुरा अगाडि नबढाउनु, बेइज्जत हुन्छ भन्दै पैसा र कपडा किनिदिने प्रलोभन दिएको बताएकी छिन्। यौन दुव्र्यवहारबाट रहेको किशोरीको गर्भपतन गराइएको छ। स्वास्थ्य परीक्षण गर्ने भनी नेपालगन्जको एक हेल्थ सेन्टरमा लगेर पाठेघर सफा गरिएको हो। ‘त्यहाँ गुप्ताङ्गभित्र हात हाले,’ १४ वषर्ीया किशोरीले गर्भपतन गराउँदा रगताम्य भएको उल्लेख गर्दै भनिन्, ‘त्यसअघि अन्डामा औषधि हालेर खान दिएका थिए।’
प्रहरीले बलात्कारको अभियोगमा मुद्दा दर्ता गरी ती बाबु-छोरालाई पक्राउ गरेको छ। ४२ वषर्ीय भैरव र उनका १५ वषर्ीय छोरालाई पसलबाट पक्राउ गरिए पनि अभियुक्तहरूले आफूहरूले कामदार किशोरीलाई यौनशोषण वा बलात्कार नगरेको बताएका छन्। ‘पहिले बाबुले ,पछि छोराले करणी गरेको भन्ने उजुरीका आएपछि पक्राउ गरेको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक उदय तामाङले भने, ‘बिन्दु श्रेष्ठले लोग्ने र छोरा दुवैले यौनशोषण गर्दा सघाएको भन्ने आरोप भने पत्यारलाग्दो छैन।’
किशोरीलाई मासिक १ हजार दिने सर्तमा वैशाखदेखि पसलमा काम गर्न राखिएको थियो। ती किशोरीले असोज १० गतेदेखि पटक-पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेमा बाबु र छोराको नाममा जबरजस्ती करणीको मुद्दा दर्ता गराएकी छिन्।
घटना लुकाउने प्रयास थाहा पाएकी किशोरी भागेर गाउँमा पुगी स्थानीय महिलालाई पीडा सुनाएपछि यौनशोषणको रहस्य खुलेको हो। घटनाका सम्बन्धमा मंसिर १५ गते गाउँमा भएको छलफलमा गर्भ भए १ लाख ५० हजार रुपैयाँ दिन पीडक पक्ष सहमत भए पनि पीडित पक्षले कानुनी सहयोगका लागि महिला सेवा केन्द्रसमक्ष अनुरोध गरेको थियो। उक्त केन्द्रमा कार्यरत कर्मचारी विष्णु केसीले गर्भपतन गराउन निजी क्लिनिक सञ्चालन गर्ने एक महिला चिकित्सकको समेत मिलेमतो रहेको आरोप लगाएकी छिन्।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......