पौने दुईलाखमा बिक्यो पूजनाको जवानी

रंगिन दुनियाँबाट धर्मकर्ममा लागेकी पूजना प्रधान फेरि पुरानै ठाउँमा फर्किएकी छिन् । पछिल्लो समय उनी चलचित्र क्षेत्रबाट केही टाढा रहेर अनाथ बालबालिकाको लागि आश्रम संचालनमा व्यस्त थिइन् । तर रंगिन दुनियाँलाई उनले बिर्सन सकिनन् । चलचित्र क्षेत्रमा प्रवेश गर्दा नै टु पिसमा
फोटोसेसन गरेर तहल्का मच्चाएकी उनले त्यसपछि पनि सिनेमाको पर्दामा थुप्रै हट सिन दिएकी थिइन् ।
आफ्ना यस्ता दृश्यबाट वाक्क भएको भन्दै उनले आफ्नो नामको पछाडि स्त्री झुण्ड्याएर आश्रम संचालन गरेकी थिइन् । आश्रममा ध्यान गर्ने र सरसंगत सिकाउने पूजनाले आफ्नो पुरानो छवीलाई लामो समयसम्म रोक्न सकिनन् । एउटा चलचित्रमा उनले थुप्रै बेडसिन र हट दृश्य दिँदैछिन् ।
शुभमुहुर्त गरी छायांकनको क्रममा रहेको चलचित्र ‘रक्षा’मा पूजनाको जवानी फेरि बिक्ने भएको हो । चलचित्र बिन्दासका निर्देशक समेत रहेका रक्षाका निर्देशक राजु गिरीले सिनेमाभित्र प्रशस्त हट दृश्य हुने बताए । उनले बिन्दासको भन्दा पनि हट दृश्य खिच्ने अनलाइनखबरसँग बताएका छन् । पूजनालाई निर्माणपक्षले ड्रेस सहित १ लाख ७५ हजार रुपैंयामा सम्झौता गरेको छ ।
नायिका प्रधानले पनि कलाकार भएपछि सबै खालका भूमिका निर्वाह गर्न सक्नुपर्छ भन्ने सोचाई आफुले राखेको बताइन् । आश्रममा लागेकी पूजनाले ग्ल्यामर भूमिका गर्दिन भन्नेहरुका लागि एउटा गतिलो जवाफ सिनेमा मार्फत दिने उनले उद्घोष समेत गरेकी छिन् । उनले आफू ग्ल्यामर भूमिकाबाट बाहिर नगएको बताउदै भनिन् -’पर्दामा म नायिका हुँ, आश्रममा म साधिका हुँ ।’
पबन बस्नेतको निर्माणमा तयार हुन लागेको यो चलचित्रमा राजेश हमाल, सुशान्त कार्की, अशोक फुयाँल लगायतका कलाकारको अभिनय रहनेछ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......