१८ कात्तिक, रुकुम । तिहारमा भैलीको
दक्षिणाको नाममा विभिन्न समूहहरुले जथाभावी रकम संकलन गर्नेक्रम बढेको
भन्दै जिल्ला प्रशासन कार्यालय रुकुमले यस बर्षको भैलीमा अधिकतम दक्षिणा ५१
रुपैयाँ तोकेको छ ।
प्रशासनले देउसी-भैलोलाई मर्यादित बनाउन उक्त रकम तोकेको खबर कान्तिपुर दैनिकले छापेको छ ।
पछिल्लो समयमा विभन्नि समूहहरुले तोकेरै
भैलीको दक्षिणा लिने, दक्षिणाको नाममा झैझगडा गर्नेक्रम बढ्न थालेपछि
प्रशासनले यस्तो व्यवस्था मिलाएको हो ।
यसपालीको तिहारको समयमा अपि्रय घटना हुन नदिन विशेष सुरक्षा कार्यक्रम पनि लागू गरेको जिल्ला प्रशासनले जनाएको छ ।

