काठमाडौं, मंसिर ९ - सत्ताधारी मोर्चा 'सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन'ले सहमतीय सरकारका लागि राष्ट्रपति रामवरण यादवको आहृवान असंवैधानिक भएको ठहर गरेको छ ।
मोर्चाको शनिबार साँझ बसेको बैठक
ले
राष्ट्रपतिको कदम सच्याउन माग गरेको दलित जनजाति पार्टीका अध्यक्ष
विश्वेन्द्र पासवानले जानकारी दिए । 'राष्ट्रपतिले जसरी ३८ (१) बमोजिम
प्रधानमन्त्री माग्नुभएको छ, यो गैरसंवैधानिक छ,' उनले भने, 'राष्ट्रपतिले
यसलाई सच्याउनै पर्छ ।'
बैठकमा बोल्ने अधिकांश नेताहरुले राष्ट्रपतिले गलत नियतले कदम चालेको टिप्पणी गरेका उनले बताए । बैठकमा गठबन्धन संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराईलगायत नेताहरुले धारणा राखेका थिए ।
सात दिनको समयसीमापछि राष्ट्रपति अघि बढे गठबन्धनका २१ दल प्रतिरोधमा उत्रनेबारे छलफल भएको उनले बताए । राष्ट्रपतिको आहृवानअनुसार गठबन्धनले प्रधानमन्त्रीको नाम नदिने पासवानले दाबी गरे ।