१४ मंसिर, काठमाण्डौ । नायिका मनिषा कोइरालालाई क्यान्सर भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । टाइम्स अफ इन्डियाको
अनलाइन संस्करणका अनुसार मुम्बइको ‘जस्लोक’ अस्पतालमा उपचारका लागि भर्ना
भएकी मनिषालाई क्यान्सर भएको पुष्टि हो । अकस्मात बिरामी भई काठमाण्डौको
नर्भिक अस्पतालमा भर्ना भएकी मनिषलाई दुई दिन अघि उपचारका लागि मुम्बई
लगिएको थियो ।
‘जस्लोक’ अस्पतालमा उपचार गराइरहेकी
मनिषाका साथमा उनकी आमा सुष्मा छिन् । मनिषाका भाई सिद्धार्थ र पिता प्रकाश
गएराती मुम्बई पुगेका छन् । एउटा सामाजिक संजालले आयोजना गरेको
कार्यक्रममा बिषाक्त खानेकुरा खाएपछि मनिषा बेहोस भएकी थिइन् । मुम्बईको
‘जस्लोक’ अस्पतालमा मनिषाले केही समय उपचार गर्नुपर्ने छ । शरीरको कुन
अंगमा क्यान्सर भएको भन्ने खुलाइएको छैन । काठमाडौंको नर्भिक अस्पतालमा
मनिषाले आफूलाई पेट दुखेको बताएकी थिइन् ।
मनिषाका भाई सिद्धार्थ नेपाली चलचित्र
‘मेघा’ मार्फत डेब्यु गर्ने तयारीमा थिए । तर यो सिनेमाको छायांकान
तत्कालका लागि पछि सरेको छ ।सिनेमाकी निर्देशक सम्झना रौनियारले आफ्नो
व्यक्तिगत कारण देखाउदै सिनेमाको छायांकन पछि सारिएको बताएकी थिईन् । तर
मनिषा अस्वस्थ भएकाले सिद्धार्थले तत्काल समय दिन नसकेकाले मेघाको
छायांकनपछि सारिएको श्रोतको भनाई छ ।

