अलग्गियो बाटो


justin and salenaलस एन्जल्स (एजेन्सी), कार्तिक २७ – जब गायक जस्टिन बिबर ‘बेबी’ गीतमार्फत चर्चामा आए, उनले धेरै डाइहार्ट युवती फ्यान पनि कमाए । तिनै फ्यान बिबरका लागि कतिसम्म हानिकारक रह्यो भने जब उनले नायिका सेलेना गोमेजसँगको आफ्नो सम्बन्धलाई सार्वजनिक गरे, आफ्नी प्रेमिकालाई ज्यान मार्ने धम्की नै आए । युवतीका हटकेक बिबर सेलेनासँग जोडिएको लेडिज फ्यानलाई स्वीकार गर्न गाह्रै पर्‍यो । ठूलो चुनौतीका बाबजुद पनि डेटिङमा रमाइरहेको जस्टिन-सेलेनाको जोडी झन्डै दुई वर्षपछि अलग्गिएको छ ।
‘यी दुईको गत साता नै ब्रेकअप भएको हो । विगत एक वर्षदेखि नै उनीहरूलाई सम्बन्ध जोगाइराख्न दुवैको व्यस्त सेड्युअल बाधक बनिरहेको थियो’ एक पत्रिकाले स्रोत उद्धृत गर्दै लेखेको छ । तर दुवै एकअर्काले विगतमा गरेका साझेदारीलाई भने विश्वासकै आधारमा बाहिर नल्याउने पक्षमा रहेको पनि बताइएको छ । यतिबेला जस्टिन आफ्नो पछिल्लो एल्बमको प्रमोसनमा व्यस्त छन् भने सेलेना पनि नयाँ फिल्मको सुटिङमा व्यस्त छिन् ।  १८ वषर्ीय गायक यतिबेला मोडल बारबरा पाल्भिनसँग नजिकिएका खबरहरू सार्वजनिक भएका छन् भने सेलेनाले पनि आफ्नै फिल्मका को-स्टार ग्रेग सुल्किनसँग दोस्ती बढाएको बुझिएको छ ।

सुल्किनले हालै सेलेनासँग रमाइलो गरिरहेका फोटाहरू पोस्ट गरेका थिए । पछिल्लो गीत ‘इफ आइ वाज योर ब्वायफ्रेन्ड…’ लिएर आएका जस्टिनले एक महिनाअघि नै आफ्ना फोटोहरू पोस्ट गर्दै ‘सिंगल’ भनेर स्टाटस राखेका थिए । यसले पनि दुईको ब्रेकअपको तयारी केही महिनाअघि नै सुरु भएको देखिन्छ । प्रायः सेलेनासँगै सार्वजनिक हुने बिबर पछिल्लो ‘बिलिभ टुर’ मा एक्लै छन् । उनले ट्वीटरमा पनि आफ्ना पाल्तु जनावरसँगै रमाइरहेका फोटोहरू राख्न थालेपछि जोडीका बारेमा चियोचर्चो सुरु भएको थियो । सम्बन्ध टुटेको समाचार आएपछि भने जस्टिनका फ्यान खुसी देखिएका छन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......