विद्युत चुहावट २५ प्रतिशत, मंसिरमै लोडसेडिङको चर्को मारः
काठमाडौं, मंसिर १३ । मध्य मंसिर नवित्दै नेपालीहरु लोडसेडिङको चर्को मार खेप्न बाध्य हुनु परेको छ । नेपाल विद्युत प्राविधिकरणले आजदेखि लोडसेडिङको अवधि सातामा १० घण्टा बढाएर ५६ घण्टा पु¥याएको छ । अब हरेक दिन ७ देखि ८ घण्टासम्म अन्धकारमा बस्नुपर्ने छ । यो क्रम बढेर सुख्खा याममा दैनिक १८ घण्टासम्म पुग्ने बताइएको छ ।
प्राधिकरणले नदीहरुमा पानीको बहाव घटेका कारण लोडसेडिङ्गको अवधि बढाउनु परेको तर्क गर्ने गरेको छ । देशमा कुल विद्युत उत्पादन सवा सात सय मेगावाट आसपास रहेपनि यतिवेला रन अप्m द रिभर स्वरुपका आयोजनाहरुबाट ३ सय ९० मेगावाट मात्रै विजुली उत्पादन भईरहेको छ जुन कुल मागको झण्डै एकतिहाइ मात्रै हो ।
साँझको समयमा १ हजार मेगावाट विद्युतको माग रहेको प्राधिककरणका प्रवक्ता शेरसिंह भाटले बताए । उत्पादन भईरहेको विद्युतको झण्डै २५ प्रतिशत चुहावट भईरहेको प्राधिकरणका अधिकारीहरु बताउछन् ।
जलविद्युत क्षमतमा विश्वको दोस्रो धनी भनिने नेपालमा लोडसेडिङको समस्या शुरु भएको झण्डै १५ बर्ष भईसक्यो । तर, यो विकराल समस्या समाधानतर्पm राजनीति दल र सरकारहरुको ध्यान कहिल्यै पुग्न सकेको छैन ।
कुर्सीका लागि हरेक दिन वैठक र वार्तामा बस्ने राजनीतिक दलहरुबीच अहिलेसम्म उर्जा संकट टार्ने विषयमा एक पटक पनि छलफल भएको छैन । यही उर्जा संकटलाई लोकप्रिय नाराको रुपमा अघि सारेर राजनीति गर्न भने दलहरु पछि पर्दैनन् ।
लोकतन्त्र स्थापनापछि बनेका सरकारहरु मध्ये कसैले १० बर्षमा १० हजार मेगावाट त कसैले २० बर्षमा २५ हजार मेगावाटको नारा दिए । तर, यथार्थ बर्षमा मुश्किलले ८–१० मेगावाट भन्दा बढी विद्युत थपिन सकेको छैन ।

