राष्ट्रपति ज्ञानेन्द्र शैलीमाः अर्थमन्त्री

काठमाडौ, मंसिर ९ - अर्थमन्त्री वर्षमान पुनले राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार निर्माणका लागि दलहरुलाई आव्हान गरेर पूर्वराजा ज्ञानेन्द्र शाहको निरंकुश शैलीलाई अपनाएको बताएका छन् ।

'ज्ञानेन्द्र शाहले निरंकुशता लाद्दै दलहरुसंग प्रधानमन्त्रीको नाम दिन आव्हान गर्ने शैली जस्तै राष्ट्रपतिले पनि गर्नुभएको शैली एउटै हो । यो असंवैधानिक कदम हो,' एनेकपा माओवादी मध्यपुरथिमि नगरपालिका वडा नं ७ देखि १७ सम्मको वडा सम्मेलन उद्घाटन गर्दै उनले भने, 'ज्ञानेन्द्रले टिके प्रधानमन्त्री बनाए जस्तै राष्ट्रपतिले पनि टिके सरकार गठन गर्न खोजेको हुनसक्छ ।'

मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी, कांग्रेस, एमाले सबै राष्ट्रपतिको टिके हुन खोजेको उनले आरोप लगाए । यी दलहरुले संबिधान बन्न नदिने, चुनाव पनि गर्न नदिने र एमाओवादीलाई एक्ल्याएर यथास्थिति रहेको उनको आरोप छ ।

आफनो पार्टीले राष्ट्रपतिको असंबैधानिक कदमको भण्डाफोर गर्ने उनले बताए । 'राष्ट्रपति, काग्रेस, एमालेले चाहदैमा अब यहाँ केही हुदैन,' पुनले भने, 'राष्ट्रपतिलाई अब अगाडि जान दिँदैनौ ।'

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......