नेपालगन्ज, कार्तिक २१ - प्रहरीद्वारा बरामद १४ क्विन्टल सुपारी जफत गर्ने/नगर्ने विषयलाई लिएर प्रहरी, प्रशासन र राजस्व अनुसन्धान प्रमुखबीच ठूलो विवाद उत्पन्न भएको छ । बरामद सुपारी भन्सार र राजस्व कार्यालयले जफत नगरी अवैध व्यापार र तस्करलाई प्रोत्साहित गरेको आरोप प्रहरी र प्रशासनका अधिकारीहरूले लगाएका छन् । भन्सार र राजस्व प्रमुखहरूले भने प्रहरीले बजारभित्रकै गोदामा छापा मारी नियन्त्रण लिएको भन्दै जफत गर्न नमिल्ने अडान लिएका छन् ।
मलेसिया, थाइल्यान्ड र इन्डोनेसियालगायत तेस्रो मुलुकबाट निर्यात गरिएको सुपारी नेपालगन्जको साईगाउँ, जयसपुर, पिप्रहवा, भवानीयापुर, हिरमिनिया र परसपुर हुँदै भारत तस्करी हुँदै आएको छ ।
तस्करी भइरहेकै बेला बरामद गरी भन्सारमा बुझाउन लैजाँदासमेत नेपालगन्ज भन्सार प्रमुख पुरुषोत्तम श्रेष्ठले अस्वीकार गरेका थिए । श्रेष्ठले दरपिठ गरिदिएको प्रहरी उपरीक्षक विक्रमसिंह थापाले बताए ।
'भन्सार छेउकै बाटो हुँदै भारत लैजाँदा समेत भन्सार र राजस्व कार्यालयका प्रमुखले देखे, नदेखेझं गरिबसे,' थापाले भने, 'त्यसरी लैजाँदै गर्दा बरामद गरिएको सुपारी जफत गरी कारबाही गर्न चाहिरहेका छैनन् ।'
प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोखरेलले प्रहरीले बरामद सुपारी जफत गर्न नमानेको विषयमा गृहसचिव, मुख्य सचिव र अर्थ सचिवसँग कुरा गरिरहेको जानकारी दिए । 'सुरुमा भन्सारले विभागको दरपिठ गर्नु भन्ने आदेश भन्दै बुझ्नै मानेन,' पोखरेलले भने, 'त्यसपछि राजस्व अनुसन्धानलाई बुझायौं । हामीले अबैध सुपारी जफत अभियान चलाउने उनीहरूले छाड्ने जस्तो भएको छ ।'
बरामद गरिएको १९ लाख ५१ हजार मूल्यको सुपारी भन्सारले नबुझेपछि प्रहरीले बाँकेको कोहलपुरस्थित राजस्व अनुसन्धान मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रीय कार्यालयलाई बुझाएको छ । राजस्व अनुसन्धान कार्यालयले पनि जफत नगर्ने भएको छ । 'गोदामै छापा मारिएको सुपारीलाई प्रहरीले अवैध भनेको छ,' राजस्वका प्रमुख ताराप्रसाद भुसालले भने, 'भन्सार प्रज्ञापनपत्र छ । भन्सार तिरेका बिल छन् । कसरी जफत गर्ने ?' उनले भन्सार ऐनअनुरूप जरिवाना असुल गर्न सकिने बताए ।
जफत नगरी सामान्य कारबाही गर्न खोज्नुलाई प्रजिअ पोखरेलले राजस्व अनुुन्धान प्रमुख कसैको प्रभाव र निर्देशनमा तस्करलाई बचाउन लागिपरेको आरोप लगाएका छन् ।
प्रहरीले २०६८ चैत यता कम्तीमा २० पटक गरी १४ क्विन्टलभन्दा बढी सुपारी बरामद गरेको छ । भारत निकासी गर्ने मनसायले तस्करले नेपालगन्जमा खपत हुनेभन्दा सयौं गुणा बढी सुपारी ल्याउँदै आएका छन् । प्रहरी र प्रशासनले गोदममा छापा मारी सुपारी बरामद गर्नुलाई अर्थ मन्त्रालयका अधिकारीहरूले आफ्नो कार्यक्षेत्रमाथिको हस्तक्षेप ठानेका छन् ।