६ मंसिर, काठमाडौं । बेलायतले आफ्ना सैनिकलाई तामिलका लागि नेपाल पठाउने प्रस्ताव गरेको छ ।
मंगलबार नेपाल भ्रमण सकेर फर्किएका
बेलायती सेनाध्यक्ष पीटर वालले बेलायती सैनिकलाई पनि वीरेन्द्र शान्ति
कार्य तालिम केन्द्र पांचखालमा तालिमका लागि पठाउने इच्छा देखाउनु भएको हो ।
‘हामीले हहिले पनि विभिन्न देशका सेनासँग तालिम आदान प्रदान गर्दै आएका
छौं । ती देशका नेपाल आएर तामिल गर्ने गर्छन्’ सेनाका एक अधिकारीले
भने-’बेलायतले पनि आफ्ना सैनिकलाई पठाउने इच्छा देखाएको छ ।’
बेलायतको प्रस्तावप्रति प्रधानसेनापति
गौरबशमशेर जबरा सकारात्मक रहनु भएको छ । बेलायती सेनाध्यक्षले वीरेन्द्र
शान्ति कार्य तालिम केन्द्र पांचखालको भ्रमण समेत गर्नु भएको छ ।
बेलायती सेनाध्यक्षले प्रधानसेनापति
जबरालाई बेलायतको औपचारिक भ्रमणका लागि निमन्त्रणा दिनु भएको सैनिक
जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
