'प्रचण्ड र बाबुराम सकारात्मक'
१३ मंसिर, काठमाडौं । नेकपा-माओवादीका
अध्यक्ष मोहन बैद्य किरणले सहमतीय प्रधानमन्त्रीमा महासचिव रामबहादुर थापा
बादल बाहेक कसैलाई पनि स्विकार नगर्ने बताउनु भएको छ ।
बादललाई
प्रधानमन्त्री बनाउन एमाओवादी अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष झलनाथ
खनाल र प्रधानमन्त्री डा. बाबुराम भट्टराई सकारात्मक रहेको भन्दै उहाँले अब
कांग्रेस सभापति सुशील कोइरालासँग कुरा गर्ने बताउनु भयो । रिपोटर्स क्लब
नेपालको साक्षात्कार कार्यक्रममा किरणले
संविधानका अन्र्तबस्तुमा सहमति
नभएसम्म अन्य दलको नेतृत्व स्वीकार नगर्ने बताउनु भयो ।
कांग्रेस सभापति कोइरालाको नेतृत्वको
विषयमा राखिएको जिज्ञासामा बैद्यले कोइराला मुलुकको त्यागी, ईमान्दार नेता
भएको प्रतिकृया मात्र दिनुभयो ।
बैद्यले आफूहरुलाई सहभागी नगराई गरिने
कुनै पनि छलफल र सहमति आफूहरुलाई मान्य नहुने बतानु भयो । उहाँले
भन्नुभयो-’हामी पनि जनयूद्ध लडेर आएका हौं । एउटा पक्षलाई काँखी च्यापेर
संविधान बनाएर अघि बढे हामीलाई स्विकार्य हुँदैन । हामि आन्दोलनमा जान्छौं
।’
