दलहरुवीच दुई-चार दिनमै सहमति हुन्छ : प्रचण्ड


१४ मंसिर, काठमाण्डौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई-चार दिनभित्रै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ । १२ बुँदे सहमतिको जगमा अन्तरिम संविधान भित्रैबाट सहमति खोज्नुको विकल्प नरहेको भन्दै प्रचण्डले ढिलो चाडो दुई चार दिनमा दलहरुवीच सहमति भएर मुलुकले निकास पाउने वताउनुभयो ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती राष्ट्रिय समितिको दोस्रो महाधिवेशनलाई विहीवार राजधानीमा सम्बोधन गर्दै प्रचण्डले नेपालका राजनीतिक दलहरुको आन्दोलन गर्न त जान्ने तर आन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्न नजान्ने बानीले प्राप्त उपलब्धिको गुम्ने खतरा उत्पन्न भएको वताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अरु देशमा जसका विरुद्ध क्रान्ति भएको थियो त्यसलाई
दण्डीत गर्ने गरियो र त्यहाँ प्राप्त उपलब्धिहरु संस्थागत भए तर नेपालमा २००७, २०४६ होस् वा २०६३ साल जसका विरुद्ध क्रान्ति भयो । उनीहरुसँग सम्झौता गर्दै उनीहरुलाई दण्ड नदिइ छुट दिइयो यसले गर्दा नेपालमा सधैँ उपलब्धिहरु संस्थागत हुन नसकेको त होइन भन्ने प्रश्न उब्जिएको छ ।’

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......