६० फर्के, ७२ बाँकी

दोहा (कतार), कार्तिक २३ - ढेढ महिनादेखि काममा नगई बसेका कामदारमध्ये अझै ७२ जना बाँकी छन् । ६० जना चरणबद्ध रुपमा घर फिर्केका छन् । कतारस्थित एक कम्पनीमा निर्माण क्षेत्रमा कार्यरत कामदारलाई समय अबधि पुग्दा पनि फिर्न नदिएपछि सबै कामदारले काम छाडेका हुन् । त्यस समुहमा ५ बर्षदेखि घर फिर्न नपाउनेहरुमा पनि छन् ।
घर नपठाएका ७२ जनाको बिषयमा यहाँको श्रम अदालतले कम्पनीलाई बोलाएको छ । 'आइतबार र सोमबारमा लेबर कोर्टमा गएका थियौं । कम्पनी नआएपछि फेरी बोलाएको छ', पीडित लहानका ओशो अहमदले भने । राजदुत मायाकुमारी शर्माले ७२ जनालाई यथासिक्दो छिटो घर पठाउने प्रयास भइरहेको बताए । 'हामीले पहिलेदखि कम्पनीका ब्यबस्थापनलाई बोलाएर कामदार फर्काउन दवाव दिइरहेका छौं', शर्माले भनिन ।
पीडितहरुलाई कम्पनीले खाना सेटेम्बर २५ बाट खाना खुवाउन बन्द गरेको छ । खाना बन्द भएपछि पीडितलाई खाना जुटाउन दुताबासले बिभिन्न सामाजीक संस्थाको सहयोग लिएको छ । दुताबासले पीडितलाई खाद्यान्न जुटाउन दोहास्थित सामाजीक संस्थाहरु अनुरोध गरेको छ ।

कम्पनीले अधिकास कामदारको परिचय पत्र नबनाइदिएको, तलब रोक्दै आएको र घर जाने समय भएकालाई पनि महिनौसम्म नपठाई कोठामै राख्ने गरेकोले समस्या जटिल बन्दै गरेको हो । पछिल्लो समय घर फिर्न नपाएका बढी जसोको परिचयपत्र छैन । नेपाली कामदारलाई राख्ने गरेको सनैया ४६ क्याम्पमा बस्दै आएका उनीहरुले आफुहरुलाई छिटोभन्दा छिटो उद्धार गरी पठाउन अनुरोध गर्दै आएका छन् । पीडितलाई उद्धार गर्न चरणबद्ध रुपमा कम्पनीका अधिकारीहरुसग पहल भइरहेको राजदुत मायाकुमारी शर्माले बताइन् ।
यहा कार्यरत कामदारको न्युनत तलब ६ सय रियाल हो । यहा आउने अधिकास कामदार ट्यालेन्ट सर्भिस म्यानपावरले पठाएका हुन् । दुई महिना अघि मात्रै ६० हजार खर्चेर आएका सर्लाहीका जितेन हजारीले आएदेखि एक पैसा पनि नपाएकोले आफुहरु निकै तनाब परेको बताए ।
कतारमा दुई मारिए, ३ हृदयघात
दोहा- बैदेशीक रोजगारको लागि कतारमा कार्यरत ५ नेपालीको ज्यान गएको छ । दुई जनाको झगडामा मृत्यु भएको छ भने ३ जना हृदयघातबाट ज्यान गएको हो । समालस्थित एक ग्यारेजमा खेलको बिषयलाई लिएर झगडा हुँदा सप्तहरीस्थित त्रिकोल गाबिसका २० बषिर्य दिनेश शर्माको ज्यान गएको हो । उनका आफन्त दिनेश्वर यादबका अनुसार गेमको बिषयमा बिबाद हुँदा उनको ज्यान अक्टोबर ८ मा ज्यान गएको हो । उनी २९ महिनाअघि कतार आएका थिए । शर्मालाई श्रीलंकली नागरीकले आक्रमण गरेको बुझिएको छ ।
अक्टोबर २५ मा साथीभाईबीचको झगडा हुँदा जलेश्वर- १३ का मोहमद ईशाद अन्सारीको ज्यान गएको छ । नेपाली नेपालीबीच आपसी बिबादबाट ज्यान गएको सुचना दुताबासले पाएको दुताबासका द्धितीय सचिब जयबहादुर राईले बताए । दुबै घटनाको अनुसन्धान भइरहेको दुताबासले जनाएको छ ।
त्यस्तै पुर्णराज मरासैनी, सिस बहादुर अधिकारी र दाङका दमोदार खत्रीको हृदयघातबाट ज्यान गएको छ । पच्चिस महिना अघिदेखि कार्पेन्टरको काम गर्दै आएका अर्घाखाँची ठुलापोखरा ३ धरमपानी का २५ वषयिर् सिस बहादुर अधिकारिको हृदयघातबाट ज्यान गएको हो । हिम बहादुर अधिकारीका एक्ला छोरा सिसबहादुर २६ अक्टुबरका राती आफ्नै कोठामा सुतिरहेको अवस्थामा म्रुत्यु भएको भान्जा दाजु देवराज थापाले बताए ।
उनी घर जाने तयारी गर्दै थिए । उनका एक छोरी र एक छोरा छन् । घरको अबस्था अत्यन्तै नाजुक रहेकोले आर्थिक सहयोग जुटाउने अर्घाखाँची सेवा समाजका अध्यक्ष युवराज पाण्डेले बताए ।
त्यस्तै दुगाटुन्नडाँडा-३, बाग्लुङका ४७ वर्षीय पुर्णराज मरासैनीको हृदयघातबाट ३० अक्टोबरमा ज्यान गएको छ । उनको एकमहिनाअघि मुटुको अप्रेसन गरिएको थियो । सात बर्षदेखि यहाँ रेष्टुरेष्टमा कार्यरत मरासैनी काम गर्न जानेबेला हृदयघातमा परेका हुन् । उनका एक/एक छोराछोरी थिए ।








तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......