मंसिर १५ गते मोटर र्‍याली हुने


१७ कात्तिक, काठमाडौं । चौथो सिन्सियर सिटिजन्स मोटर र्‍याली मंसिर १५ गते हुने भएको छ । र्‍याली विराटनगरको महेन्द्रचोकबाट प्रारम्भ भइ इटहरी, धरान, भेडेटार, धनकुटा, हिलेहुँदै पाखि्रवासमा पुगेर टुंगिनेछ ।
र्‍याली संयोजक कविन श्रेष्ठका अनुसार उपत्यका बाहिरबाट र्‍यालीको प्रारम्भ हुन लागेको यो पहिलो अवसर हो । र्‍यालीको नतिजा मंसिर १६ गते प्रकाशित गरिनेछ । नेपाल अटोमोबाइल खेलकुद संघ -नासा) को आयोजनामा ‘साहसिक खेल, पर्यटक प्रवर्द्धन र विकासको पूर्वाधार । शान्ति एकता र सामाजिक सद्भाव, नयाँ नेपालको आधार’ भन्ने नाराका साथ हुन लागेको र्‍यालीमा १ सय प्रतिस्पर्धी सहभागी हुनेछन् । एक मोटरमा दुई जना रहने प्रावधान छ ।
अफिसियल संख्या १ सय रहने बताइएको छ । र्‍यालीमा शीर्ष तीन स्थान हासिल गर्नेले क्रमशः ५० हजार, २५ हजार र १२ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन् । र्‍यालीका दौरान सडक सुरक्षाको सन्देश पनि प्रवाह गरिने आयोजकले जनाएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......