बिमान खरिदबारे एयरबससँग काठमाण्डौमा वार्ता


२१ कात्तिक, काठमाण्डौ । बिमान अभावमा अन्तराष्ट्रिय उडानमा साख गुमाउँदै गएको सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले खरिद प्रकृयाबारे वार्ता थालेको छ ।
दुई नयाँ बिमान किन्ने सरकारी निर्णयपछि नेवानिले युरोपेली जहाज उत्पादक कम्पनी एयरवससँग वार्ता थालेको हो । आज बिहान काठमाण्डौ आइपुगेको एयरवस उच्चअधिकारीको टोलीसँग आज निगम अधिकारीहरुले वार्ता गरेका हुन् ।
१ सय ५० सिटका दुई सानो आकारका जहाज खरिद गर्नेबारे छलफल भइरहेको निगम अधिकारीले अनलाइनखबरलाई बताए । ‘कुन दरमा कसरी किन्ने भन्नेबारे भोलीसम्म वार्ता सकिन्छ’-निगम अधिकारीले अनलाइनखवरसँग भने-’यसपटक पहिलेजस्तो प्रकृया नरोकिनेमा हामीले आश्वस्त पारेका पार्ने प्रयास गरेका छौं ।’
चार बर्षअघि एयरवससँगै एउटा सानो र एउटा ठूलो आकारको जहाज किन्ने सम्झौता भएपनि खरिद प्रकृया बिचमै रोकिएको थियो । अख्तियार, सार्वजनिक लेखा समिति र अन्तिममा सर्वोच्च अदालतले समेत जहाज खरिद प्रकृया रोक्न भनेपछि प्रकृया रोकिएको थियो । एयरवसले दुईवटा जहाज बेच्न ग्लोबल टेण्डर जितेपछि निगम ब्यबस्थापनले ७ लाख डलर लकअप मनीसमेत पठाएको थियो । प्रकृया रोकिएपछि एयरबसले सो रकमसमेत फिर्ता पठाएको थियो ।
निगमले आफ्नो गुमेको स्वामित्व र साख फर्काउन अन्तराष्ट्रिय उडानका लागि दुईवटा र आन्तरिक उडानका लागि ६ वटा जहाज किन्ने तयारी गरेको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......