काठमाडौं, मंसिर ९ - राजनीतिक सहमतीय सरकारका लागि प्रधानमन्त्रीको नाम
सिफारिस गर्ने पत्र प्रधानमन्त्रीलाई 'बाइपास' गरेर मुख्यसचिवका नाममा
पठाइएको खुलेको छ ।
राष्ट्रपति
रामवरण यादवले शुक्रबार पठाइएको पत्र प्रधानमन्त्री बाबुराम भट्टराई तथा
मन्त्रिपरिषद् कार्यालयलाई नभई मुख्यसचिव लीलामणि पौड्याललाई सम्बोधन गरेर
पठाइएको एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले खुलासा गरे ।
'राष्ट्रपतिको पत्रमा प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई बाइपास गरिएको छ,'
पार्टी मुख्यालय पेरिसडाँडामा शनिबारे साप्ताहिक पत्रकार सम्मेलनमा
सापकोटाले भने, 'हामीलाई यहिँबाट शंका पलाएको छ ।'
गतिरोध अन्त्यका लागि पटक-पटकको प्रयास असफल भएपछि राष्ट्रपतिले शुक्रबार अपरान्ह संविधानसभाको धारा ३८ (१)अनुसार सरकार गठन प्रक्रिया थालेका थिए । राष्ट्रपतिको कदम गैरसंवैधानिक भएको बताउँदै प्रवक्ता सापकोटाले अन्तरिम संविधानमा अधिकार नै नभएको धारा राष्ट्रपतिले प्रयोग गरेको बताए ।
दलहरुबीच सहमतिका लागि प्रयास जारी रहेकाले उत्तेजनात्मक अभिव्यक्ति नदिएको सापकोटाको भनाइ छ । राष्ट्रपतिले शनिबार बिहान नै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा 'थप कदम चाल्दिनँ' भनेकाले आफूहरु उत्तेजनामा नआएको उनले बताए ।
सापकोटाले राष्ट्रपतिले एक सातापछि थप कदम चाले एमाओवादी जनतामा जाने चेतावनी दिए । उनले अब बन्ने सहमतीय सरकारको नेतृत्व फेरि पनि बाबुराम भट्टराईले नै गर्ने दाबी गरे ।