टेक नेपाली कोलन। ३० बर्षदेखि जर्मन नेपाल मैत्री
संघले जर्मनी तथा अन्य बिदेशीवीच तिहार चाड तथा भाई टिकाको महत्वबारे
दर्शाउदै आएको दिपावली कार्यक्रममा यस बर्ष वेष्टफालन एनआरएन समेतको
सहभागीतामा दिपावाली कार्यक्रम भव्यरुपले सम्पन्न गरेको छ । नेपाल जर्मन
महाबाणिज्यदूत राम प्रताप थापा तथा जर्मन राजदूताबासका 
जर्मनीस्थित कोलनको ईन्टरनेशनल सेन्ट्राल
हलमा झिलिमिली दियो बत्तीवीच उपस्थित करिब डेढ दुई सय बिदेशी तथा प्रवासी
नेपाली माझ सामुहिक टिका लगाउन पाउँदा जर्मनीहरु खुशीले गद गद हुँदै यस्तो
चलन आफुहरुलाई अती नै मन परेको बताएका थिए । उक्त अवसरमा बरिष्ठ कलाकार
सन्तोष राज गुरुङले देउसी भईली भट्याउदै गर्दा जर्मनीहरु संगीतको मजा
लिनुका साथै संगितमा रमाउदै ताली र नाचले साथ दिएका थिए । कार्यक्रमको
शुरुवातमा जर्मन नेपाल मैत्री संघका अध्यक्ष राम प्रताप थापाले तिहारको
महत्व र परिचय बारे प्रष्ट्याउनु भएको थियो भने भुतपुर्व डेपुटी चिफ अफ
नेपाल मिसन जर्मन राजदूताबासका नरबेर्ट मेयरले तिहारको बारेमा आफुलाई अनुभव
भएको कुरा प्रकाश पारेका थिए ।

एन आर एन जर्मनीका उपाध्यक्ष कृष्ण प्रसाद
गौतम, एन आर एन जर्मनी केन्द्रीय सदस्य मनकाजी नेपाली , एलसीसी – एन आर एन
) नर्थ वेष्ट फालनका प्रतिनिधित्व गर्दै सचिब प्रकाश शर्मा , होम शर्मा ,
अन्तर्राष्ट्रिय कलाकार समाज जर्मनी अध्यक्ष सन्तोष राज गुरुङ, अर्जुन
गुरुङ लगायत वेष्टफालनस्थित नेपाली बिद्यार्थीहरुको उल्लेनिय उपस्थिति थियो
।
