एक पटक सोँच्नुस् त, प्रविधिको बढ्दो
प्रभावसँगै एक दिन रोबर्टले बिद्रोह गरेर मानिसलाई दास बनायो बने के होला ?
क्याब्रिज विश्व विद्यालयका शोध बैज्ञानिकहरु यस्तै अनौठो अध्ययनमा जुटेका
छन् ।
प्रविधिको
बढ्दो प्रभावसँगै एक दिन मानव सभ्यता समाप्त हुने त हैन भन्ने प्रश्नको
जवाफको खोजीमा बैज्ञानिकहरु जुटेका हुन् । सेन्टर फर द स्टडी अफ
एक्सिस्टेशिअल रिस्क (सीएसईआर) मा बायोटेक्नोलोजी, कृत्रिम जीवन,
नानोटेक्नोलोजी र जलवायु परिर्वतनले पार्ने असरबारे पनि
अध्ययन हुनेछ ।
रोबर्टले एक दिन विद्रोह गरेर मानिसलाई
आफ्नो दास बनाउने चिन्तालाई नजरअन्दाज गर्नु खतरनाक हुने बैज्ञानिकहरु
बताउँछन् । हालै सार्वजनिक भएको विज्ञानमा आधारित फिक्शन फिल्ममा यस्तै
आशंका गरिएको थियो । खासगरी मर्टिनेटर सिरिजको फिल्मको क्रममा जुन प्रकारको
स्काइनेट कम्प्यूटर सिस्टम देखाइएको छ, त्यसले यस्तो आशंकालाई बल
पुर्याएको छ ।
फिल्ममा स्काइनेट यस्तो सिस्टम थियो,
जसलाई अमेरिकी सेनाले विकास गरेको थियो र त्यसपछि उसले आफ्नै सोँच बुद्धि
विकास गर्यो । यद्यपी यो कल्पना अर्थात फिक्सनमा आधारित फिल्म थियो । यसका
बावजूद विशेषज्ञहरु यस मुद्दामा अध्ययन गर्नु पर्ने बताउँछन् ।
सीएसईआरको वेबसाइटमा बैज्ञानिकहरुले
लेखेका छन्-’यो खतराको गम्भीरतालाई आंकलन गर्नु निकै मुस्किल छ । तर, यो
चिन्ता गर्नु पर्ने विषय हो ।’ सेन्टर फर द स्टडी अफ एक्सिस्टेशिअल रिस्क
कार्यक्रम क्याबि्रज विश्वविद्यालयमा दशर्नशास्त्रका प्रोफेसर हाउ प्राइस,
ब्रहृमाण्ड विज्ञान र खगोल विज्ञानका प्रोफेसर मार्टिन रीस र स्काइ-पे का
सहसंस्थापक जान टालिनले पनि उपलब्ध हुनेछन् ।
रोबर्ट र कम्प्युटर मानवभन्दा बुद्धिमानी
बन्दै जाने र हामी उसको दयामा निर्भर हुनु पर्ने अवस्था आउने त हैन
भन्नेबारे चिन्ताबारे समेत अध्ययन हुनेछ । –बीबीसीको सहयोगमा

