मच्छिन्द्र सफल पोखरा कप फुटबलको फाइनलमा



२३ कात्तिक, काठमाडौं । हिमालयन शेर्पालाई पराजित गर्दै मच्छिन्द्र क्लब सफल पोखरा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पालाई ३-१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले मनाङ मस्र्याङ्दीसँगको उपाधि भिडन्त पक्का गरेको हो । मनाङ एनआरटीलाई पराजित गर्दै यसअघि नै फाइनल पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।
स्थानीय पोखरा रंगशालामा भएको खेलमा अग्रता भने हिमालयन शेर्पाले लिएको थियो । खेलको ७० औं मिनेटमा गणेश खड्काले गोल गर्दै हिमालयन शेर्पालाई सुरुवाति अग्रता दिलाए ।

खेल ८५ औं मिनेटमा मच्छिन्द्रका कर्ण लिम्बुले बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटमा थप गोल हुन नसकेपछि थपिएको अतिरित्त समयको चौथो मिनेटमा नै कर्णले दोस्रो गोल गर्दै मच्छिद्रलाई अग्रता दिलाए ।
हिमालयन शेर्पा खेलमा र्फकने प्रयास गरिरहेका बेला गणेश दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । हिमालयन शेर्पा १० खेलाडीमा सिमित भएको फाइदा उठाउँदै दिपक राईले गोल गर्दै मछिन्द्रलाई ३-१ को जित दिलाए ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......